बुटवल–पाँच नम्बर प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त भएका छन् । मन्त्रिपरिषदको आज बसेको बैठकले बुटवलको लुम्बिनी बाणिज्य क्यपासका पूर्वप्रमुख गौतमलाई उपाध्यक्षमा नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता तथा भौतिक योजना विकासमन्त्री बैजनाथ चौधरीले जेठ १४ गते दिएका डा. प्रकाश श्रेष्ठको राजीनामा स्वीकृत गर्दे उपाध्यक्षमा बुटवल निवासी डा. ईश्वर गौतमलाई नियुक्ती गरिएको जानकारी दिए । बुटवल निवासी गौतम अर्थशास्थको बिज्ञको रुपमा परिचत रहेका छन् । यसअघिका उपाध्यक्ष डा. क्षेष्ठले राजीनामा दिएर राष्ट्र बैकको जागीरमा फर्किएका हुन् ।त्यस्तै मन्त्री परिषद बैठकले दाङको लमहीमा ट्रमा सेन्टर निर्माणका लागि स्वीकृति दिएको छ । लमही नगरपालिकाले उपलब्ध गराएको जग्गामा प्रदेश सरकारले अस्पताल निर्माण गर्ने भएको हो। पूर्वपश्चिम राजमार्गमा हुने दुर्घटनाका घाइतेको उपचारका लागि अस्पताल बनाउन सामाजिक विकास मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।बैठकले रुपन्देहीको सैनामैनामा जेष्ठ नागरिक र अपांग ग्राम निर्माणका लागि समेत स्वीकृति दिएको छ। सैनामैना नगरपालिकाले उपलब्ध गराएको सो स्थानमा सामाजिक विकास मन्त्रालयले जेष्ठ नागरिक ग्राम र अपांग ग्राम निर्माण गर्दैछ ।मन्त्रीपरिषद् बैठकले प्रदेशको सुशासन सम्बन्धी विधेयक प्रदेश सभामा पेश गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता चौधरीले जानकारी दिए।बैठकले दाङको घोराही नगरपालिका र चीनको गोञ्जाउस्थित यान नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि संघ सरकारमा सिफारिस गरेको छ। त्यस्तै ठाकुरवावा नगरपालिका र चीनको यान तथा लिउ पानयुसी नगरबीच भगिनी सम्बन्ध कायम गर्न संघ सरकारलाई सिफारिस गरेको छ ।
प्रदेश नम्बर ५ योजना आयोगको उपाध्यक्षमा डा गौतम नियुक्त
प्रदेश नम्बर ५ योजना आयोगको उपाध्यक्षमा डा गौतम नियुक्त
Advertisement
तपाईको प्रतिक्रिया