• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

‘गुल्मी लोक तारा २ मा’ अन्तिम चरणका लागि १० जना छनोट


  •   आइतबार, असार ०८, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । लोक दोहोरी प्रतिष्ठान गुल्मी शाखाले उच्च राशीको पुरस्कार सहित सुरु गरेको लोक गायन प्रतियोगिताको तेस्रो चरणको कार्यक्रम सम्पन्न भएको छ । गत बैशाख १५ गतेबाट सुरु गरिएको ‘गुल्मी लोकतारा २०७६ सिजन २’ को तेस्रो चरणको छनोट कार्यक्रम सदरमुकाम तम्घासमा सम्पन्न भएको हो । गुल्मी जिल्लाको बिभिन्न ग्रामीण स्थानमा पहिलो चरण १ सय ६७ जनाबाट छनोेट भएका मध्ये देस्रो चरण ३५ जना र २१ जना तेस्रो चरणमा छनोट भएका थिए । तेस्रो चरणमा छनोट भएका प्रतियोगिले लोक बिधामा प्रस्तुति राखेका थिए । प्रतियोगि मध्ये तेस्रो चरणको लागि १० जना छनोट भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थले बताए । अन्तिम चरणका लागि धनमायाँ राना मुसिकोट नगरपालिका, खिमा नेपाली सत्यवती गाउँपालिका, झग बहादुर बुढा, कालीगण्डी गाउँपालिका, सम्झना कुँवर इस्मा गाउँपालिका, निश्चल गुरुङ्ग गोर्खा, लालिमायाँ कुँवर सत्यवती गाउँपालिका, लक्ष्मण सुनार गुल्मी दरबार गाउँपालिका, कमल बिक रुरु गाउँपालिका, खिम काउछा धुर्कोट गाउँपालिका, गगन सिंजालस् इस्मा गाउँपालिका छनोट भएका हुन् । छनोट भएका प्रतियोगिले अन्तिम चरणको कार्यक्रममा लाइभ म्युजिकमा गाउनु पर्ने नियम बताइएको अध्यक्ष पन्थले बताए । प्रतियोगितामा प्रथम हुनेले नगद रु ५० हजार, कप र प्रमाणपत्र , द्धितिय हुनेले नगद रु ३० हजार , कप र प्रमाणपत्र, तृतिय हुनेले नगद रु २० हजार कप र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक बसन्त खत्रीले बताए । तेस्रो चरणको छनोट कार्यक्रममा प्रतिष्ठान प्रदेश ५ अध्यक्ष डिल्लीनारायण पाण्डेय, प्रदेश संयोजक लक्ष्मण खड्का, सदस्य पुरुषोतम गैरे, प्रतिष्ठान गुल्मीका गुल्मीका पूर्व अध्यक्ष खुमबहादुर खत्रीले निर्णयकको भूमिका गरेका थिए । तेस्रो चरणको कार्यक्रममा रेसुङ्गा नगरपालिका गुल्मीका नगर प्रमखु डिल्लीराज भुसाल, उपप्रमुख सिता भण्डारी, पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, रेसुङ्गा नगरपालिका वडा नम्बर १, ३ र ८ का वडा अध्यक्षहरु अखिलेश्वर पाण्डे, थम्मन केसी, भरत भलामी लगायतले लुकेको प्रतिभा छान्न गरिएको प्रयास राम्रो रहेको बताए । कला गला भएका प्रतिभालाई अगाडी ल्याउन प्रतिष्ठान गरेको प्रयासले नयाँ कलाकार जन्माउन ठूलो भूमिका राखेको बताएका थिए ।प्रतिष्ठानले अन्तिम चरणको कार्यक्रम अगामी साउनमा जिल्ला अबिधेशन सहित गरिने भएको छ । फाइनल प्रतियोगिबाट उत्कृष्ट छनोट प्रतिष्ठान केन्द्रिय कार्यसमितिले गर्ने प्रतिष्ठान गुल्मीका अध्यक्ष पन्थले बताए । फाइनल कार्यक्रम अधिबेशनको अबसर पारेर प्रतिष्ठान गुल्मीले राष्ट्रिय स्तरकार कालाकार सहित बिकास दुत, सरसफाई दुत, सामाजिक दुत, श्रेष्टा सम्मान, उत्कृष्ट पत्रकारिता पुस्कार, उत्कृष्ट सदस्य पुरस्कारले बिभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरिने अध्यक्ष पन्थले बताए । कार्यक्रमले लोक संस्कृतीको जगेर्ना र संरक्षण विषेश सहयोग पुग्ने,गाउँघरमा लुकेका प्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्ने उदेश्य रहेको संयोजक खत्रीले बताए । यस कार्यक्रमबाट पुराना सर्जकहरुलाई सम्मान नयाँलाई प्रोत्साहन गर्न मद्दत,लोप हुन लागेका पुराना मौलिक भाकाहरुको संरक्षण गर्न सहयोग पुग्ने आयोजकले उदेश्य राखेको छ । प्रतिष्ठान गुल्मी शाखाले ०७१ सालमा पनि यस्तो कार्यक्रम गरेको थियो । अडिसनबाट उत्कृष्ट २ जना छनोट गरिे आफनै लगानिमा लोक गीत रेकर्ड म्युजिक भिडियो निमार्ण गरिदिएको पन्थले बताए ।

    Advertisement

    आइतबार, असार ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...