सागर थापा,दाङ। दाङ जिल्ला की महिला मानवअधिकारकर्मी तथा सामाजिक अभियान्ता साजिदा सिद्धिकीले इटहरीका मेयर द्धारिकालाल चौधरीलाई कानुनी कारबाही गर्न सरकार समक्ष माग गरेकी छन्। एक सार्वजनिक कार्यक्रममा चौधरीले नेपाली नारीको अस्मिता माथी धावा बोल्दै अपाच्य सब्द ‘रडि’ मुर्दावाद” भनेपछि सिद्धिकीको यस्तो प्रतिकृया आएको हो।सामाजिक अभियान्ता सिद्धिकीले आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन् “यी हुन मेर साहब,जस्ले महिलालाई खुले आम गालि गरिरहेका छन् हेलो सरकार अब त अति भयो यि मेयरले बोलेका हरेक शब्दले आज आमा दिदि बहिन लगायत नेपालि नागरिकको नै ईजत सारेआम नेपाल लगायत बिदेशमा बेजेत गरिरहेका छन्। यस्तो छाडा नेता चाहियन यि नेतालाई कानुनि कारवाहि गरियोस ” ।
Advertisement