टेक बहादुर पुन,देउखुरी ।‘कान्छि सुनन,यही दशैमा फर्किदैछु नि ‘ जेठ २४ गते शुक्रबार श्रीमान फुलिराम चौधरीले आफ्नो श्रीमरीलाई फोन गरेर भनेका थिए ।’म छिट्टै घर आउँछु’ यश अघि कहिलै घर आउने कुरा नगरेका चौधरीले घर आउँछु भनेपछि सम्झना खुसिले गदगद भईन । फेरि शुक्रवार खुसी साट्ने बाचा सहित फोन राखे उनिहरुले। खुसी धेरै दिन टिकेन, तर उनको यो बोली नै अन्तिम भयो संझनाका लागी। सुक्रबार श्रीमानसँग फोनमा कुरा गर्ने धोको थियो संझनाको । किनकि, कतारमा श्रीमानले शुक्रबार फुर्सद पाउथेँ, बिदाको दिन हुन्थ्यो।हरेक शुक्रबार उनले सधै फोन गर्थे घरमा । त्यो जेठ ३१ गते शुक्रबारको दिन, कतारबाटै फोन अायो । उनी खुसीले गदगद भईन र उनले हत्तपत्त फोन उठाईन ।त्यो फोन श्रीमान फुलिरामको नभई उनको साथिको थियो । फोनमा संदेश पाईन श्रीमानको मृत्युको अकल्पनिय खबर। त्यो खबरले सम्झना बेहोस भएर ढलिन । अावाज बन्द भए ।चिटचिट पसिना आयो,ओठमुख सुके, सपनाहरू लथालिँग भए । दशैको रमझममा गाउँमा रमाउन अाउने श्रीमान फुलिराम दशै अघि नै गाउँ फर्किने भए, तर जिउँदो शरीर होईन, मृत शब ।
श्रीमान श्रमका लागि ४ बर्ष अघि कतार पुगेका थिए। त्यति लामो समय एक्लै दैनिकि गुजारिन लमही नगरपालिका वडा नम्बर ८ बिचकागाउँ निवासी २६ बर्षिय सम्झना चौधरीले । दशैको पर्खाईमा १/१ दिन गन्दै दिन बिताउन थालिन सम्झनाले । लमही नगरपालिका वडा नम्बर ८ बिचकागाउँ निवासी ३५ बर्षिय फुलिराम चौधरीको मृत्युको खबरले सिँगो गाउँ नै शोकमग्न भयो । खरको छानो भएको घरबाट अाफ्नो परिवारलाई पक्कि घरमा बसाउने सपना बोकेर चौधरी २०७२ साल कार्तिकमा कतारको ज्याक कन्ट्रक्सन कम्पनिमा गए । सधै गासको लागि बाँस छोड्नुपर्ने चौधरीको परिवार लाई आर्थिक स्थिती कमजोरले खुसि साथ बाँच्न कहिल्यै दिएन । सम्झना सँगै सिँगो परिवारको खुसीका लागी कतार पुगेका चौधरीको गत जेठको ३० गते मृत्यु भयो । घरको कान्छा छोरा हुन फुलिराम । घरपरिवारको जिम्मेवार बोकेका फुलिरामको बुवाको सानै छँदा मृत्यु भयो । बुवाको मृत्यु पश्चात् परिवारको सम्पुर्ण जिमेवार काँधमा बोकेका फुलिराम पनि अाज जिवित रहेनन् ।फुलिरामका छोराछोरी नभएपनि गरिबिको दैनिकि सास्तिनै हुँदो हो । फुलिरामका ४ दाजु भएपनि सबैले अाफ्नो गर्ने अाफ्नो खाने गर्छन् । दाईहरूको गतिलो साथ नपाएकाले पनि उनी बैदेशिक यात्रामा जाने निधो गरेका थिए । घरको छाना अड्याउने धुरीखाम्बो नै बिचमै भाँचिएपछि फुलिरामका श्रीमती र अामा एकोहोरो भएका छन् ।
अामाको न्यानो काख र श्रिमतिको साथबाट सदाका लागि टाढिएका फुलिराम अब कहिल्यै यो सँसारमा फर्किने छैनन् । अहिले परिवार चौधरीको लासको प्रतीक्षामा छन। फुलीरामले कतारमा साथीलाई दुईलाख रुपैँया सापटी दिएको उनका जेठो दाई हरिराम चौधरीले भने । भाईको साथीले फोनमा आत्महत्या गरेको खबर सुनाए पनि मृत्युको कारण एक्किन हुन नसकेको मृतकका दाइ हरिरामले बताए ।मृतक फुलिराम पहिलो पटक विदेशिक यात्रामा गएका थिए । उनको शव घरमा अाउने तयारी भईरहेपनि अझै आइपुगेको छैन । विदेश पठाउने एजेन्ट भिम डाँगिले फुलिरामको शबलाई घरमा पुय्राउने बताएको उनका दाइ चौधरीले जानकारी दिए ।