पाल्पा – जिल्ला अदालत पाल्पाले किशोरी बेचबिखनको आरोप लागेका तीन जना भारतीय नागरिकलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।जिल्ला न्यायधीश शंकरराज बरालको एकल इजलाशले नेपाली किशोरी बेचबिखनको अभियोग लागेका उनीहरुलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनीहरूलाई मानव बेचिबखनसम्बन्धी मुद्धा अनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश भएको अदालतका श्रेस्तेदार कृष्ण मुरारी सिग्देलले जानकारी दिनुभयो । २ जना बालिकासहित एक युवतीसँग विवाहको नाटक गरेर भारततर्फ लैजाने क्रममा पाल्पा प्रहरीले भारत बिहारस्थित बेतीयाका २१ वर्षिय मनोहर कुमार, २० वर्षका अभिजित कुमार र १९ वर्षका कालु कुमारलाई पक्राउ गरेको थियो ।गुल्मी धुर्कोट गाउँपालिकाका बालिका र युवतीलाई तीनै जना युवाले विवाह गर्ने भनेर भारततर्फ लैजान लागेका थिए । बालिका र युवतीसहित उनीहरुलाई पाल्पाको रिब्दीकोट गाउँपालिका–३, हार्थोकबाट पक्राउ गरिएको थियो । दुबै जना बालिका र युवतीको उद्दार गरी परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
किशोरी बेचबिखनको आरोपमा तीन भारतीय नागरिक थुनामा
किशोरी बेचबिखनको आरोपमा तीन भारतीय नागरिक थुनामा

Advertisement
तपाईको प्रतिक्रिया