काठमाडौं– नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले भूमिहीन किसानको पक्षमा ल्याइएको गुठी विधेयकको अपव्याख्या गरिएको आरोप लगाएकी छन् । विधेयकले कतैपनि धार्मिक आस्थामाथि हस्तक्षेप नगरेको उनको दाबी छ ।प्रतिनिधिसभाको आइतवार बसेको बैठकको विशेष समयमा सांसद चौधरीले काठमाण्डु उपत्यकाभित्र र बाहिरका गुठीको समस्या छुट्टाछुट्टै भएको बताएकी हुन् । उनले गरीब किसानको पक्षमा बोल्न प्रतिपक्षीलाई सुझाव दिइन् ।‘म दाङको सांसद हुँ, दाङमा स्वर्गद्वारी गुठीको १२ सय बिघा जमिन १६ सय घरधुरीले प्रयोग गरिरहेका छन् । स्वर्गद्वारी मन्दिरलाई संरक्षण गर्ने मोही किसानको समस्या यति नाजुक छ, उनीहरूको बारेमा कोही किन बौल्दैन ?,’ उनले प्रश्न गरिन् ।सांसद चौधरीले प्रतिपक्षी दल कांग्रेसलाई प्रश्न गरिन्, ‘भोकभोकै हलो जोत्नेको पक्षमा बोल्नै नहुने ? गरीबको पक्षमा बोल्न नहुने हो भने यस्तो गणतन्त्र कसको लागि हो ?’
संसदमा भावुक हुँदै शान्ताले थपिन्, ‘मान्छेलाई रुवाएर हाँस्ने भगवान् कहाँ हुन्छ ? गरीबका आँशु देखेर प्रतिपक्षलाई अलिकति पनि दया लागेन ?’
संसदमै भावुक हुँदै शान्ता चौधरीले भनिन’ ‘मान्छेलाई रुवाएर हाँस्ने भगवान् कहाँ हुन्छ ?
संसदमै भावुक हुँदै शान्ता चौधरीले भनिन’ ‘मान्छेलाई रुवाएर हाँस्ने भगवान् कहाँ हुन्छ ?

Advertisement
तपाईको प्रतिक्रिया