रुकुमपश्चिम – प्रहरीले शनिबार आठबिसकोट नगरपालिकाको-१४, छेपारेबाट ३ किलो ८ सय ५०ग्राम अवैध लागुऔषध अफिम सहित १ युवकलाई पक्राउ गरेको छ ।त्यही नगरपालिकाको वडा नम्बार १ बस्ने ३५ वर्षीय मनबहादुर बुढालाई अफिम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार, खैरो रङ्गको झोलामा शंकास्पद वस्तु बोकेर हिँडिरहेको बेला सोधपुछ गर्दा अफिम फेला परेको थियो । ५ जनाको समूहमा रहेका उनीहरुले प्रहरीमाथि हातपात गरी ढुङ्गा प्रहार गरेर भाग्न खोज्दा नियन्त्रणमा लिन १ राउण्ड हवाइ फायरसमेत गर्नुपरेको डीएसपी खड्काले बताउनुभयो ।आक्रमणपछि ४ जना भागेका र १ जनालाई प्रहरीले नियन्त्रणमा लिन सफलभएको उहाँले बताउनुभयो ।नियन्त्रणमा लिइएका बुढाको साथबाट ५ ओटा पोका बनाइएकाे ३ किलो ८ सय पचास ग्राम खैरो रंङ्गको अफिम, नगद ९ हजार, एक थान टर्च, १ थान मोबाइल सेट र १ थान मुगाको माला बरामद गरिएको प्रहरीले जनाएको छ । फरार भएकाहरुको खोजी भइरहेको डीएसपी खड्काले बताउनुभयो ।
रुकुममा ३ किलो अफिमसहित एक युवक पक्राउ
रुकुममा ३ किलो अफिमसहित एक युवक पक्राउ

Advertisement
तपाईको प्रतिक्रिया