धादिङ। धादिङमा पास्नीको भोज खाँदा तीस जनाभन्दा बढि बिरामी परेका छन। जिल्लाको निलकण्ठ नगरपालिका ११, ज्यामरुङ सिम्लेमा पास्नीको भोज खाँदा ३० जना बिरामी परेका हुन् ।स्थानीय रेशमा आलेको छोराको पास्नी भोज खाएलगत्तै भोज खाने बिरामी परेको बताईएको छ । बिरामी परेकाको बुधवार राति देखिनै स्थानीय मेडिकल, स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।बिहीबार दिउँसोसम्म पनि विरामी निको नभएपछि गाउँलेले उपचारका लागि जिल्ला अस्पताल धादिङबेसी ल्याएका छन् । अहिले अस्पतालमा बिरामीको उपचार भइरहेको छ । अस्पतालका चिकित्सकका अनुसार बिरामीमा झाडावान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ ।सोही भोज खाएका सुकौरा र भार्मले गाउँका अन्य २० जनापनि बिरामी परेको खबर आएको छ । भोजमा खाएको के खानेकुरामा समस्या आएको हो भन्ने यकिन हुन नसकेको स्वास्थ्यकर्मीले बताएका छन् ।एकैपटक धेरैजना बिरामी हुँदा ‘फुड प्वाइजन’ भएको चिकित्सकहरुको अनुमान छ । घटना कसरी भयो भन्नेबारे अनुसन्धानपछि मात्र भन्न सकिने प्रहरीले जनाएको छ ।
धादिङमा भोज खाँदा ३० जना बिरामी,धेरैजसो गंभीर
धादिङमा भोज खाँदा ३० जना बिरामी,धेरैजसो गंभीर
Advertisement
तपाईको प्रतिक्रिया