गुल्मी । जिल्लाको मुसीकोट नगरपालिकालाई आईतबार जातीय छुवाछुत मुक्त नगरपालिका घोषणा गरिएको छ ।नगरपालिकाभित्र जातका नाममा कुनै प्रकारको विभेद नरहेकाले १४ वटै वडालाई जातीय छुवाछुत मुक्त तथा सामाजिक सद्भाव युक्त भएपछी नगरलाई नै घोषणा गरिएको हो । कर्णाली प्रदेश सरकार, सामाजिक विकास समितिका सभापति राजु नेपालीले एक कार्यक्रमका बीच जातीय छुवाछुत मुक्त तथा सामाजिक सद्भाव युक्त मुसिकोट नगरपालिका घोषणा गर्नुभयो ।जिल्लामा स्थानीय तहगत रुपमा जातीय छुवाछुत मुक्त घोषणा अभियान तीव्र पारिएको छ । छ स्थानीय तह रहेको मुसीकोट जातीय छुवाछुत मुक्त तथा सामाजिक सद्भाव युक्त घोषणा हुने अन्तिम स्थानीय तह हो ।नगरलाई जातीय छुवाछुत मुक्त घोषणा गर्नुका साथै यसलाई सफल पार्नका लागि आठ बुँदे प्रतिबद्धता व्यक्त गरिएको नगरप्रमुख देवीलाल गौतमले बताउनुभयो । अन्तरजातीय विवाह स्वीकार्ने परिवारको नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने उहाँले बताउनुभयो।मुसीकोट नगरपालिका पूर्ण खोप सुनश्चित घोषणा भएको छ । जन्मेदेखि २३ महिना उमेर समुहका सबै चार सय ७७ बालबालिकाले सबै खोपको मात्रा पाएको नगरपालिकाले जनाएको छ । यस्का साथै मुसिकोट छाउपडि प्रथा नभएको नगर समेत घोषणा भएको छ ।
मुसीकोट जातीय छुवाछुत मुक्त नगरपालिका घोषणा
मुसीकोट जातीय छुवाछुत मुक्त नगरपालिका घोषणा

Advertisement
तपाईको प्रतिक्रिया