राम बहादुर बिश्वकर्मा, प्युठान ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले माडी–लुङ्ग्री–करिडोर सिचार्इ आयोजना, रोल्पामा कार्यरत सव–इन्जिनियर एक लाख घूससहित रंगेहात पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले सव–इन्जिनियर तारा श्रेष्ठलाई उनकै कार्यालय परिसरबाट पक्राउ गरेको हो ।रोल्पाको सुनिल स्मृती गाउपालिकामा कार्यरत श्रेष्ठलाई अख्तियारको टोलीले कार्यालयबाटै रगेंहात पक्राउ गरेको हो।श्रेष्ठले उक्त सिचाई आयोजनाको अन्तिम बिल भुक्तानी गर्दा सेवाग्राहीसंग घूस रकम माग गरेको अख्तियारका सह–सचिव काली प्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार यसबारे थप अनुसन्धान भईरहेको छ ।
Advertisement