• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

लोकप्रिय समाचार

  • १. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • २. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ३. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ४. झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • ५. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ६. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ७. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ८. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ९. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • १०. पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

गुल्मिमा यदुनाथ पौडेल सिडियो भएर आएपछी के के काम भए?


  •   बुधबार, जेठ ०८, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । परिर्वतन गर्न आफैबाट सम्भव छ भन्ने उदाहरण गुल्मी प्रशासनबाट लिन सकिन्छ । कार्यालय प्रमुख आउछन् जान्छन् तर केहि यस्ता पनि हुन्छन् जसले कामलाई सहज ल्याउने प्रयास गर्दछन् ।
    कतिपय कार्यालय प्रमुख सरकारी जागिर तलव भत्ता समय पास गर्न मात्रै होइन समाजमा केहि गरौ भन्ने उदारणिय पात्र पनि यहिँ समाजमा छन् ।

    Advertisement

    जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारीका रुपमा यदुनाथ पौडेल आएसँगै प्रशासनका काम कारवाहीमा धेरै कुरामा परिवर्तन ल्याएका छन् ।

    अरु कार्यालयको समेत नियम अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले आफनै कार्यालयबाट केहि गर्न सकिन्छ भन्ने सन्देश दिनेगरि कामको सुरुवात गरेका छन् । सुरुमै प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासनमा बिचौलीएको बिगबिगीलाई अत्य गर्ने काम गरे ।प्रशासनको प्रवेशद्वारमै नागरिक सहायता कक्ष राखेर खटिएका कर्मचारीले के काम लिन आएको हो ? सोधपुछ गरि सम्वन्धित कोठामै पुराएर सेवा प्रवाहमा सहज बनाइयो ।यसले नागरिकहरुमा काममा निकै सहज बनाएको छ । प्रशासनको काममा सेवाग्राहीलाई कुनै पनि निवदेन लेख्न पैसा खर्च गर्न नपर्ने बनाए प्रशासनकै खर्चमा छपाई भएका २२ प्रकारका निवेदन र अन्य फारम निःशुल्क उपलब्ध गराएपछि राहदानीको राजश्वमा लाग्ने दस्तुर बाहेक एक पैसा पनि खर्च नगरि सेवाग्राहीले सेवा लिने बतावारण प्रमुख जिल्ला अधिकारीले बनाए ।प्रशासनमा डिजिटल वडापत्र राख्ने काम पनि भयो । यसले कुन शाखाबाट के काम हुन्छ भन्ने जस्ता सेवाग्रहीले एकै ठाउँबाट पाउने गरेका छन् । यसले पनि सेवाग्रहीलाई काम गर्न सहज भएको छ । सेवाग्रहीलाई काम गर्न सहज प्रशासन कार्यालयमा निशुल्क इन्टरनेट पनि राखिएको छ ।यसले कुनै पनि जानकारी लिन पठाउनको लागि सहज बनाइने काम भएको छ । जिल्ला प्रशासन कार्यालयले अन्य जिल्लाबाट अभिलेख पठाउन र पाउने पनि व्यवस्था मिलाएको छ । यसले सेवाग्रही बाहिर धेरै रकम खचिर्नु पर्ने बाध्ता हटेको छ ।प्रशासनको काम र सेवाग्रहीलाई काम गर्न सहज बनाउनको लागि सिसी क्यामरा समेत जडान गरिएको छ । कुन ठाउँमा के काम भइरहेको छ जस्ता सबै जानकारी प्रमुख जिल्ला अधिकारीले हेर्ने गरि व्यवस्था मिलाइएको छ ।यसले पनि जिल्ला प्रशासनको काममा पारदर्शिता ल्याएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासनका कामलाई सुधार गर्न धेरै सुधारका काम गरेका छन् । उनले सदरमुकामका फोटोे स्टुडियो सञ्चालकलाई जिल्ला प्रशासनमा बोलाएर फोटाको सहुलियत दर निर्धारण गरेर सेवाग्राही सेवा लिन आउँदा उक्त फोटाको बिल समेत लिएर आउनपर्ने अनिवार्य गरेका छन् ।
    यसले प्रशासनिक काममा सेवाग्रहीलाई ठगिनबाट रोक्नुका साथै काम गर्न सहज बनाएको छ । बाहिर १० रुपैयाँको हुलाक टिकट समेत १५ रुपैयाँमा बेच्ने चलन तोड्दै १० रुपैयाँमै प्रशासनभित्र टिकट दिने व्यवस्था समेत गरेका छन् ।जिल्ला प्रशासन कार्यालय यतिबेला अधिकतम सेवा सबै एकै ठाउँमा पाउने व्यवस्था गरिएको छ । जिल्ला प्रशासनमा कामको शिलसिलामा बाहिर समान्य निबेदन लेखेको पनि ५ सय देखि १ हजारसम्म लिने गर्दै आएका पनि थिए ।
    जिल्ला बाहिरबाट अभिलेख ल्याउने र पठाउने गर्दा पनि उत्तिकै रकम लिने गरेका थिए । यो काम प्रशासन कार्यालमै राखिएपछि सेवाग्रहीको ठूलो रकम बचत भएको छ । यसले सवाग्रहीको सहजता र आर्थिक रकम बचत गरेको छ ।

    प्रशासन कार्यालय गुल्मीमा हाल कुनै पनि कामको लागि १५ मिनेट भन्दा बढि समय कुर्न नपर्ने गरि सेवाप्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।सहायता कक्षबाट निबेदन लगायत कार्यालयको कुनैपनि जानकारी लिन पाउदा सेवाग्रहीलाई सजता बताएका छन् । प्रशासनको कामको लागि जिल्ला प्रशासन कार्यालयको पुगेका धुर्कोट गाउँपालिका हाडहाडेका मेहिसिंह श्रीसले सहायता कक्षबाट निबेदन लगायत धेरै जानकारी दिने कामको सुरुवातले सयम बचत र सजिलो भएको बताए ।

    उनले निबेदन लेख्न नजान्नेहरुको लागि धेरै सजिलो र बाहिर लेख्दा पैसा लिने गरेकाले यहाँ निशुल्क पाउदा फाइदा भएको बताउनु भयो ।
    प्रशासनले यसवर्ष सेवा ग्रहरी सेवा लिनबाट बञ्चीत नहुन भन्ने उदेश्यले कुना काप्चामा रहेका सबैलाई सेवा दिने उदेश्यले गाउँगाउँमा एकिकृत घुम्ती शिबिर सञ्चालन गरेको थियो । प्रशासनले ४ वटा स्थानिय तहको ६ वटा स्थानमा राखेको घुम्ती शिबिरबाट १ हजार ७ सय ७९ जनाले नागरिता लिएका थिए ।
    गाउँमै पुगेको सेवाले सेवाग्रहीराई सेवा प्रबाहमा सहज हुनुका साथै समय आर्थिक बचत पनि गराएको छ । प्रमुख जिल्ला अधिकारीले पौडेल कार्यालयको काम बाहेर अरु धेरै कार्यमा सुधारको प्रयास गरेका छन् । उनि जिल्लामा अरु सामाजिक कार्यमा पनि सक्रिय छन् ।

    बुधबार, जेठ ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    लोकप्रिय

    • १.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • २.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ३.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    • ४.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • ५.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ६.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    भर्खरै

    • १.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    • २.
      प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

    • ३.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • ४.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • ५.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    • ६.
      गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

    • ७.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • ८.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...