• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

बुद्धजयन्ती र लुम्विनी भ्रमण वर्ष: प्रधानमन्त्री आजै र राष्ट्रपति भोली लुम्विनी आउने


  •   शुक्रबार, जेठ ०३, २०७६ मा प्रकाशित
  • लुम्बिनी। २५६३ औं बुद्ध जयन्ती र लुम्विनी भ्रमण बर्ष उदघाटनका अवसरमा लुम्विनीमा बिशेष तयारी गरीएको छ ।
    बुद्धजयन्ती भोली मुल समारोह आयोजना गरी मनाइने भएपनि लुम्विनीमा आजदेखि नै बिशेष कार्यक्रमहरु हुदै छन । सरसफाई रंगरोगन लगायतका कार्यहरु सम्पन्न भईसकेका छन । मायादेबि मन्दिरमा आजदेखि ३ दिनसम्म बिशेष पुजा गरीदै छ ।

    Advertisement

    त्यस्तै लुम्विनी स्थित बिभिन्न बिहारहरुमा पनि बौद्ध भजन तथा प्रवचन सुरु भएका छन । यस पटकको बुद्ध जयन्तीका अवसरमा प्रदेश ५ को सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको पनि औपचारिक शुभारम्भ गरीदै छ ।

    बुद्धजयन्तीका अवसरमा भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यmम रहेको छ ।राष्ट्रपति भण्डारी भोली बिहान लुम्विनी आउनु हुने कार्यक्रम तय भएको लुम्विनी बिकास कोषका निमित्त सचिव तथा योजना प्रमुख सरोज भट्टराईले जानकारी दिनु भयो ।
    लुम्बिनी भ्रमण वर्ष उद्घाटन मूल समारोह भोली भए पनि प्रधानमन्त्री केपी शर्मा ओली आजै लुम्बिनी आइपुग्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओली आज लुम्विनी आएपश्चात राजा शुद्धोधनको दरबार रहेको कपिलवस्तु तिलौराकोट दरबार क्षेत्रमा अवलोकन गर्न जानुहुने भट्राईले जानकारी दिनुभयो । प्रधानमन्त्री साँझ लुम्बिनीमै फर्केर दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ।

    बुद्धजयन्ती र लुम्विनी भ्रमण वर्ष उदघाटनको अघिल्लिो दिन आज लुम्विनीमा सुजाता खीर उत्सव हुदै छ ।

    जेठ ३ गते बिहान ९ बजेदेखि ११ बजेसम्म लुम्बिनीमा रहेका दुई सय बढी भिक्षु–भिक्षुणी र अन्य आगन्तुकलाई ‘सुजाता खीर’ खुवाइने कार्यक्रम रहेको छ । सुजाता खीर उत्सवका लागि प्रदेश सरकारले ५ लाख रुपैयाँ छुट्याएको छ ।

    लुम्बिनी भ्रमण वर्षकै क्रममा बुद्ध जयन्तीको अवसर पारेर प्रदेश सरकारले लुम्बिनीमा ५२ फिट अग्लो पिल्लरमा राष्ट्रिय झण्डा बनाएको छ । १० लाख ५० हजार रुपैयाँ वजेट विनियोजन गरीएकोमा त्यो रकम अपुग भएकाले ८ लाख थप गरी साढे १८ लाखमा अग्लो राष्ट्रिय झण्डा बनाइएको र भोली त्यसको पनि उदघाटन गरीने लुम्निी भ्रमण वर्षका सचिवालयका सदस्य सचिव टुकराज पाण्डेले जानकारी दिनुभयो ।
    भोली नै लुम्विनीमा प्रधानमन्त्री ओलीले फलफुलका बिरुवा रोप्ने कार्यक्रम रहेको छ ।

    बुद्ध पुर्णिमा भोली पल्ट अर्थात पर्सी जेठ ५ गते मायादेवी प्रसुति उत्सव मनाउने कार्यक्रम छ । यसका लागि देवदह र रामग्रामबाट दुई वटा टोली लुम्बिनी आउने छ । त्यसपछि लुम्बिनीबाट संयुक्त टोली बनेर मायादेवीको भेषमा एक महिलाले शिशु बुद्धको प्रतीक लिएर सयौंको संख्यामा बाजागाजा झाँकीसहित कपिलवस्तुतर्फ प्रस्थान गर्नेछ ।

    तिलौराकोटबाट राजा शुद्धोधनको भेषमा सजिएका एक पुरुषसहित एउटा टोली सुत्केरीलाई उपहार लिएर आउने छ । दुबै टोलीको भेट कोठी नदीमा हुने छ । त्यहाँबाट संयुक्त टोली हर्ष बढाई गर्दै तिलौराकोट दरबार पुग्नेछ ।
    साँझ दरबारमा मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा नाचगानसहित सांस्कृतिक कार्यक्रम गरी प्रसुति उत्सव समापन हुने कार्यक्रम रहेको छ। प्रसुति उत्सवका लागि १५ लाख रुपैयाँ छुट्टाइएको छ ।

    लुम्विनी भ्रमण वर्ष वैशाख बुद्ध पूर्णिमाका दिन शुरू भई अर्को वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ । भ्रमण वर्षका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ ।

    शुक्रबार, जेठ ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation