काठमाडौं। नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपालमा कानुनी राज्य छ कि अधिनायकवादि राज्य छ भनेर प्रधानमन्त्री केपि शर्मा ओलिलाई प्रश्न गरेका छन। बुधबार ११ विद्यार्थी संगठनले राजधानीमा आयोजना गरेको विद्यार्थी एकता दिवस तथा बिरोध कार्यक्रममा बोल्दै पुर्व उपाध्यक्ष शाहले युद्ध नेपाली समाजले चाहेको छैन हामिले चाहेका छैनौ भन्दै सरकारलाई बिप्लबसँग वार्ताको बाताबरण बनाउन र बिप्लबका विद्यार्थी संगठनका अध्यक्षलाई तत्काल रिहाई गर्न पनि माग गरे।
कार्यक्रममा संघीय समाजवादी विद्यार्थी संगठनका अध्यक्ष महासचिव प्रकाश राई,अखिल क्रान्तिकारीका अध्यक्ष हरि कृष्ण गजुरेल,अखिल पाचौंका अध्यक्ष घनश्याम मिश्र, नयाँ विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, राजपा विद्यार्थीका संगठनका महासचिव रन्जित निश्पक्ष, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रबिन मिश्र, अखिल क्रान्तिकारीका सचिवालय सदस्य मिलन राईको उपस्थिति रहेको नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए।
नेबि संघका पुर्व उपाध्यक्षको प्रश्न “यो कानुनी राज्य हो कि अधिनायकवादि हो”?
नेबि संघका पुर्व उपाध्यक्षको प्रश्न “यो कानुनी राज्य हो कि अधिनायकवादि हो”?
Advertisement
तपाईको प्रतिक्रिया