• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, मङि्सर २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

  • ९. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • १०. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

प्रदेश ५ को नाम मगरात राख्न मुख्यमन्त्रीलाई ११ लाख हस्ताक्षर


  •   आइतबार, बैशाख २९, २०७६ मा प्रकाशित
  • कामना डेली, बुटवल ।
    प्रदेश नं ५ मा प्रदेश राजधानी र नामाकरणका विषयमा दलहरुकै बीचमा मत बाझिएको बेलामा मानव पहिचानको आधारमा प्रदेशको नामाकरण मगरात राख्नका लागि मूख्यमन्त्री शंकर पोखरेललाई हस्ताक्षर बुझाईएको छ । नेपाल मगर संघ प्रदेश ५ समितिको अगुवाईमा प्रदेश ५ को नाम मगरात स्वायत्त प्रदेशको पक्षमा संकलन गरिएको ११ लाख ७ सय ३५ जनाको हस्ताक्षर आज आइतबार मूख्यमन्त्रीलाई बुझाईएको हो । नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकामगर, उपाध्यक्ष दल बहादुर वीरकट्टामगर, कोषाध्यक्ष कमला थापामगर, सदस्य धन बहादुर पुन, संघका प्रदेश अध्यक्ष बिमल सारुमगर लगायत मगर अगुवा तथा मगरात अभियन्ताहरु संकलित हस्ताक्षर बुझाउन मूख्यमन्त्रीको का¥यालय पुग्नुभएको थियो । हस्ताक्षर बुझाउँदै संघका केन्द्रिय अध्यक्ष नविन रोकामगरले मगरात मगर समुदायको मात्र नभई यो मानव पहिचान, भूगोल र यस क्षेत्रको इतिहाँस र माटोसंग जोडिएकाले नामाकरणमा दायाँवाया नगर्न मूख्यमन्त्रीसंग आग्रह गर्नुभयो ।
    मूख्यमन्त्री शंकर पोखरेलले हस्ताक्षर बुझ्दै प्रदेश भित्र बसोबास गर्ने सबै समुदायको भावनालाई समेट्ने गरि नामाकरण गर्ने आश्वासन दिनुभयो । प्रदेश ५ मा मगर सुमदायको बाहुल्यता रहेकाले प्रदेशको हरेक निर्णय र योजना का¥यान्वयनमा यो सुमदायलाई प्राथमिकतामा राखेर काम गरिएको मूख्यमन्त्रीको भनाई थियो । नामाकरण र राजधानीका विषयमा आफुहरु बोलीहाल्ने स्थिति नभएको हुँदा मगरातको पक्षमा प्रदेश सरकारलाई स्मरण गराएकोमा धन्यवाद् र खुशी व्यक्त गर्नुभयो ।
    मगर अगुवाहरुको ठूलो संख्या र जनसमुदायको उपस्थितिमा मगरात लेखिएको झण्डा, व्यानर सहित संकलित हस्ताक्षर बुझाउन पुगेको मगर संघले मूख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएपछि मूख्यमन्त्री का¥यालय परिसर अगाडि कोण सभा समेत गरेको थियो । सो सभामा संघका केन्द्रिय अध्यक्ष नविन रोकामगरले प्रदेश ५ को नामाकरण मगरात नराखिए पहिलो फायर मगरसंघले खोल्ने चेतावनी दिनुभयो । मगरात सबै वर्ग, समुदायको साझा पहिचान रहेको उहाँको भनाई थियो । साथै उहाँले मगरातको अगाडि–पछाडि अन्य जुनसुकै सांस्कृतिक, धार्मिक, भौगोलिक अलंकार र शब्दावली जोडिएमा पनि मगर समुदायलाई आपत्ति नहुने दावी गर्नुभयो । उहाँले दलहरुलाई इङ्गित गर्दै यस विषयमा दलहरुले सहि विचार र निर्णय नगरेमा मगर संघ राजनीतिक शक्तिमा रुपान्तरित हुन बाध्य हुने तर्क राख्नु भयो । त्यो समयमा दलहरुले आफ्नो दलको शक्ति र हैसियत अहिले नै मूल्यांकन गरे हुने उहाँको चेतावनी थियो ।
    सोहि अवसरमा नेपाल मगर संघ प्रदेश ५ का अध्यक्ष वीमल सारुमगरले संविधानमै स्वायत्त क्षेत्रहरु बनाउन सकिने उल्लेख रहेको बताउँदै रुकुम पूर्वदेखि पाल्पासम्मको पहाडी क्षेत्रलाई मगरात स्वायत्त क्षेत्र बनाइनुपर्ने उल्लेख गर्नुभयो । सरकारले माग सम्बोधन नगरे कडा आन्दोलन थाल्ने बताउनुभयो । प्रदेश ५ मा सबैको पहिचान खुल्नेगरी नामाकरण गर्नुपर्ने मगर अगुवाहरुको भनाइ छ । यसअघि नामाकरण सम्बन्धमा मगर संघले संघीय र प्रदेश सरकारलाई पटक–पटक ज्ञापन पत्र बुझाईसकेको छ । २०६८ को जनगणना अनुसार प्रदेश ५ मा मगरको जनसंख्या ७ लाख १ हजार ५ सय ८७ छ । मगर संघले प्रदेश ५ को कूल जनसंख्याको १९ प्रतिशत मगर समुदाय रहेको दावी गरेको छ ।

    Advertisement

    आइतबार, बैशाख २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ
    एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा
    जसपा का वाग्मती प्रदेश अध्यक्ष जयप्रसाद गोले एमालेमा प्रवेश
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...