• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

प्रदेश ५ को नाम मगरात राख्न मुख्यमन्त्रीलाई ११ लाख हस्ताक्षर


  •   आइतबार, बैशाख २९, २०७६ मा प्रकाशित
  • कामना डेली, बुटवल ।
    प्रदेश नं ५ मा प्रदेश राजधानी र नामाकरणका विषयमा दलहरुकै बीचमा मत बाझिएको बेलामा मानव पहिचानको आधारमा प्रदेशको नामाकरण मगरात राख्नका लागि मूख्यमन्त्री शंकर पोखरेललाई हस्ताक्षर बुझाईएको छ । नेपाल मगर संघ प्रदेश ५ समितिको अगुवाईमा प्रदेश ५ को नाम मगरात स्वायत्त प्रदेशको पक्षमा संकलन गरिएको ११ लाख ७ सय ३५ जनाको हस्ताक्षर आज आइतबार मूख्यमन्त्रीलाई बुझाईएको हो । नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकामगर, उपाध्यक्ष दल बहादुर वीरकट्टामगर, कोषाध्यक्ष कमला थापामगर, सदस्य धन बहादुर पुन, संघका प्रदेश अध्यक्ष बिमल सारुमगर लगायत मगर अगुवा तथा मगरात अभियन्ताहरु संकलित हस्ताक्षर बुझाउन मूख्यमन्त्रीको का¥यालय पुग्नुभएको थियो । हस्ताक्षर बुझाउँदै संघका केन्द्रिय अध्यक्ष नविन रोकामगरले मगरात मगर समुदायको मात्र नभई यो मानव पहिचान, भूगोल र यस क्षेत्रको इतिहाँस र माटोसंग जोडिएकाले नामाकरणमा दायाँवाया नगर्न मूख्यमन्त्रीसंग आग्रह गर्नुभयो ।
    मूख्यमन्त्री शंकर पोखरेलले हस्ताक्षर बुझ्दै प्रदेश भित्र बसोबास गर्ने सबै समुदायको भावनालाई समेट्ने गरि नामाकरण गर्ने आश्वासन दिनुभयो । प्रदेश ५ मा मगर सुमदायको बाहुल्यता रहेकाले प्रदेशको हरेक निर्णय र योजना का¥यान्वयनमा यो सुमदायलाई प्राथमिकतामा राखेर काम गरिएको मूख्यमन्त्रीको भनाई थियो । नामाकरण र राजधानीका विषयमा आफुहरु बोलीहाल्ने स्थिति नभएको हुँदा मगरातको पक्षमा प्रदेश सरकारलाई स्मरण गराएकोमा धन्यवाद् र खुशी व्यक्त गर्नुभयो ।
    मगर अगुवाहरुको ठूलो संख्या र जनसमुदायको उपस्थितिमा मगरात लेखिएको झण्डा, व्यानर सहित संकलित हस्ताक्षर बुझाउन पुगेको मगर संघले मूख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएपछि मूख्यमन्त्री का¥यालय परिसर अगाडि कोण सभा समेत गरेको थियो । सो सभामा संघका केन्द्रिय अध्यक्ष नविन रोकामगरले प्रदेश ५ को नामाकरण मगरात नराखिए पहिलो फायर मगरसंघले खोल्ने चेतावनी दिनुभयो । मगरात सबै वर्ग, समुदायको साझा पहिचान रहेको उहाँको भनाई थियो । साथै उहाँले मगरातको अगाडि–पछाडि अन्य जुनसुकै सांस्कृतिक, धार्मिक, भौगोलिक अलंकार र शब्दावली जोडिएमा पनि मगर समुदायलाई आपत्ति नहुने दावी गर्नुभयो । उहाँले दलहरुलाई इङ्गित गर्दै यस विषयमा दलहरुले सहि विचार र निर्णय नगरेमा मगर संघ राजनीतिक शक्तिमा रुपान्तरित हुन बाध्य हुने तर्क राख्नु भयो । त्यो समयमा दलहरुले आफ्नो दलको शक्ति र हैसियत अहिले नै मूल्यांकन गरे हुने उहाँको चेतावनी थियो ।
    सोहि अवसरमा नेपाल मगर संघ प्रदेश ५ का अध्यक्ष वीमल सारुमगरले संविधानमै स्वायत्त क्षेत्रहरु बनाउन सकिने उल्लेख रहेको बताउँदै रुकुम पूर्वदेखि पाल्पासम्मको पहाडी क्षेत्रलाई मगरात स्वायत्त क्षेत्र बनाइनुपर्ने उल्लेख गर्नुभयो । सरकारले माग सम्बोधन नगरे कडा आन्दोलन थाल्ने बताउनुभयो । प्रदेश ५ मा सबैको पहिचान खुल्नेगरी नामाकरण गर्नुपर्ने मगर अगुवाहरुको भनाइ छ । यसअघि नामाकरण सम्बन्धमा मगर संघले संघीय र प्रदेश सरकारलाई पटक–पटक ज्ञापन पत्र बुझाईसकेको छ । २०६८ को जनगणना अनुसार प्रदेश ५ मा मगरको जनसंख्या ७ लाख १ हजार ५ सय ८७ छ । मगर संघले प्रदेश ५ को कूल जनसंख्याको १९ प्रतिशत मगर समुदाय रहेको दावी गरेको छ ।

    Advertisement

    आइतबार, बैशाख २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...