माधव खनाल, अर्घाखाँची ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगलागी हुदा १० वटा घरगोठ जलेर नष्ट भएका छन् । भुमिकास्थान नगरपालिका वडा नं. ८ मा ५ वटा घर र नुवाकोट माविको केही भाग जलेर नष्ट भएको हो । 
यस्तै भुमिकास्थान नगरपालिका वडा नं. ६ खिल्जीमा ५ वटा घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष झविलाल बञ्जाडेले जानाकारी दिनुभयो । खिल्जीका ईन्द्र बहादुर बस्नेत र शिव बहादुर बस्नेतको घरगोठ र प्रेम बहादुर बिश्वकर्माको गोठ जलेर नष्ट भएको हुो । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना ,स्थानिय लगायतको टोलीले आगो नियन्त्रणमा खोजेता पनि । तिव्र गतिको हवाहुरीका कारण आगोनियन्त्रणमा ल्याउन सकिएको छैन् ।
यसैबिच अर्घाखाँचीको शितगंगा नगरपालिकाका अधिकांस बन क्षेत्रमा आज आगोलागी भैरहेको छ ।
शितगंगा नगरपालीका ४,६,७,८,९,१० र १३ वडा अर्थात ठाडा, सिमलपानी, सिद्धारा, जलुकेका अधिकांश वनमा एक हप्ता देखि डडेलो लागीरहेको छ । अहिले सम्म अर्घाखाँची भर १२ हजार हेक्टर बन क्षेत्र डढेलोले सखाप पारेको डिभिजनल बन कार्यलय अर्घाखाँचीका प्रमुख शिव प्रसाद शर्माले बताउनु भयो ।