• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, मङि्सर २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

  • ९. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • १०. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

नगरपालिकाले बेवास्ता गरेको भन्दै तिलोत्तमाका आदिबासी जनजातीहरु आन्दोलित


  •   शनिबार, बैशाख २८, २०७६ मा प्रकाशित
  • कामना डेली, बुटवल । तिलोत्तमा नगरपालिकाले आदिवासी जनजाति उत्थान र विकास कार्यक्रमका लागि विनियोजित गरेको बजेट कार्यक्रम सञ्चालन पनि नगर्ने र गर्न पनि नदिई बेवास्ता गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगरपालिका समन्वय परिषद्ले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आज शनिबार रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गर्दै महासंघले आन्दोलनको घोषणा गरेको हो । पत्रकारहरुका बीचमा नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगरका अध्यक्ष घनश्याम थापा (शंकर)ले तिलोत्तमा नगरपालिकाले आदिवासी जनजातिका लागि विनियोजन गरेको बजेट सुनियोजित रुपमा फ्रिज गराउन खोजेको बताउनु भयो । नगरपालिकाका मेयर र प्रमूख प्रशासकीय अधिकृतको संकुचित मनसायका कारण जानाजानी बजेट का¥यान्वयनका लागि तदारुकता नदेखाउने, अल्झाउने र अल्मल्याउने काम मात्रै भइरहेको महासंघको आरोप छ । कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेश गर्दा समेत नगरपालिका आफैले कार्यक्रम गर्ने भनेरआफुहरुलाई फर्काएको अध्यक्ष घनश्याम थापाको भनाई छ । ‘समय रहँदासम्म नगरपालिका आफैले कार्यक्रम गर्छु भन्ने अहिले आर्थिक वर्ष सकिन थालेपछि नगरका प्रमूख प्रशासकिय अधिकृतले सञ्चारमाध्यमहरुमा आदिवासी जनजातिलाई कार्यक्रमका लागि आह्वान गर्दा पनि आएनन् भनेर स्पष्टिकरण र अन्तरवार्ता दिंदै हिड्नु लज्जास्पद् कुरा हो’ महासंघका अध्यक्ष थापाले भन्नुभयो ‘आर्थिक वर्ष २०७५÷०७६ मा जनजातिका लागि तिलोत्तमा नगरपालिकाबाट जम्मा रु.४० लाख रकम विनियोजित भएकोमा त्यसबाट पनि काटेर अहिले जम्मा रु.१८ लाखको मात्रै कार्यक्रम गर्न हामीलाई प्रस्ताव आएको छ, त्यो पनि अन्तिम समयमा महासंघ नगर समन्वय परिषद्ले आदिवासी जनजाति समुदायका लागि विनियोजित गरेको रकम आफैमा अपुग रहेको, त्यति थोरै बजेट पनि सञ्चालन गर्न नदिइएको, यस विषयमा प्रमूखलाई ज्ञापन पत्र र ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएको र प्रशासकिय अधिकृतले कार्यक्षेत्र नाघेर सञ्चारमाध्यमको प्रयोग गरि भ्रम छर्न खोजेकाले सशक्त रुपमा आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको महासंघले सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेछ छ ।
    घोषित आन्दोलनका कार्यक्रम अनुसार यहि बैशाख २९ देखि जेठ ३ गतेसम्म यस विषयमा सरोकारवालासंग छलफल तथा अन्तरक्रिया गर्ने,जेठ ४ गतेदेखि जेठ ७ गतेसम्म तिलोत्तमा नगर कार्यालयमा धर्ना तथा विरोध सभा गर्ने र यदि यसलाई पनि बेवास्ता गरेमा नगरपालिकामा ताल्चा नै लगाउने महासंघले जनाएको छ ।
    संकुचित व्यवहार र यथास्थितिमा अधुरो र अपुग बजेटबाट लक्ष्यित वर्ग अन्तर्गतको कुनै पनि कार्यक्रम सञ्चालन गर्न नसकिने र नगर्ने पनि महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो समस्या र परिस्थितिको जिम्मेवार र जवाफदेही स्वयं तिलोत्तमा नगरपालिका हुने उनीहरुको तर्क छ । २०६८ को जनगणना अनुसार १ लाख १ सय ४९ जनसंख्या रहेको तिलोत्तमा नगरपालिकामा करिब आधा जनसंख्या आदिवासी जनजाति मगर, थारु, गुरुङ, नेवार, भूजेल, कुमाल समुदायको रहेको छ । आधा जनसंख्याको सशक्तिकरण र विकासलाई वेवास्ता गर्दै नगरपालिकाले एकलौटी रुपमा अगाडि बढ्न खोजे नगरले लिएको लक्ष्य र समृद्धि यात्रामा बाधा पर्ने कुरामा समेत महासंघले सचेत गराएको छ ।
    सो अवसरमा नेपाल मगर संघ तिलोत्तमा नगर समितिका अध्यक्ष प्रेम बहादुर थापा, तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष नरजङ्ग गुरुङ लगायत आदिवासी जनजाति अगुवाहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    शनिबार, बैशाख २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ
    एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा
    जसपा का वाग्मती प्रदेश अध्यक्ष जयप्रसाद गोले एमालेमा प्रवेश
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...