काठमाडौं । सरकार विरुद्ध उत्रिएका र शैक्षिक परिवर्तनमा एकठाउमा उभिएका बिपक्ष दलका ११ विद्यार्थी संगठनको पत्रकार सम्मेलनमा बोल्दै नेपाल विद्यार्थी संघला पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले पर्यटनलाई उद्योगको रुपमा बिकाश गर्न सबैले कुरा उठाए पनि त्यतातिर कसैले ध्यान नदिएको भन्दै साच्चिकै उद्योगको रुपमा बिकाश गर्न नेपालमा पर्यटन बिश्वबिद्धालयको स्थापना गर्न तिर सबैको ध्यान जानुपर्ने जरुरी भएको बताए। शाहले नेपालको शिक्षालाई बैज्ञानिक रुपमा रुपान्तरण गर्न जेष्ठ ११ गते प्रज्ञा भवनमा प्रतिपक्ष दलका ११ विद्यार्थी संगठनहरुले अन्तरक्रिया गर्ने पनि बताएका छन। सो अन्तरक्रियामा नेपालको अनुसन्धान र आविस्कारकोको बारेमा बृहत् पनि गरिने जानकारी शाहले दिए। युनियन हाउस अनामनगरमा आज पत्रकार सम्मेलन गर्दै नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले यस्तो जानकारी दिएका हुन। पर्यटनलाई उद्योगको रुपमा बिकाश गर्न सबैले कुरा उठाए पनि त्यतातिर कसैले ध्यान नदिएको भन्दै साच्चिकै उद्योगको रुपमा बिकाश गर्न नेपालमा पर्यटन बिश्वबिद्धालयको स्थापना गर्न तिर सबैको ध्यान जानुपर्ने पनि शाहले जिकिर गरे। भ्रष्टाचार दिनप्रतिदिन बढ्दै गएको र यसलाई नियन्त्रण गर्ने निकाए अख्तियर दुरुपयोग अनुसन्धान आयोग निरिय भएको भन्दै त्यसलाई चलाएमान बनाउन बर्षौदेखी भ्रष्टाचारमा लिप्त भएका कर्मचारीहरुलाई त्यस्को जिम्मा नलगाई खुल्ला प्रतिस्पर्धाबाट युवाहरूलाई स्थान दिनुपर्ने पनि शाहको माग थियो। पत्रकार सम्मेलनमामा अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (पाँचौ), नयाँ शक्ति विद्यार्थी युनियन, अखिल नेपाल विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ,समाजवादी विद्यार्थी फोरम, राष्ट्रवादी विद्यार्थी संघ, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागीता रहेको थियो। सोही कार्यक्रमबाट बिप्लब नेतृत्वको अखिल क्रान्तिकारी अध्यक्षलाई प्रहरीले प्रकाउ गरेको थियो। प्रकाउ गर्ने क्रममा एघार विद्यार्थी संगठनका नेता र प्रहरी बिच पनि हातपात भएको थियो।
नेपालमा पर्यटन बिश्वबिद्धालयको स्थापना गर्न जरुरी: शाह
नेपालमा पर्यटन बिश्वबिद्धालयको स्थापना गर्न जरुरी: शाह
Advertisement
तपाईको प्रतिक्रिया