बिमल प्रसाद पोख्रेल,प्युठान।
प्युठानकाे झिमरुक गाउपालिका क्षेत्र भित्रका सामुदायिक बनहरुमा बिहिबार साझँ देखि भिषण अागलागि भएको छ।
बिहीबार साझ ५ बजेदेखि झिमरुक गाउपालिका वडा नम्बर १ र २ का तीन ठुला सामुदायिक बनहरुमा अागो लागेको हो ।ठुलामेला दाद्रखाेला सामुदायिक बनबाट निस्किएकाे अागाे हाबाहुरि संगै छिमेकि बनहरुमा पनि सल्केकाे छ।अागाे अनियन्त्रित तरिकाले फैलदा जंगल आसापास बस्ती जोखिममा परेका हुन् । डढेलोले झिमरुक १ का बालुवा ,लामाचाैर ,गाेबनखाेलि,बडाचाैर ,धारापानि लगाएतका बस्ति जाेखिममा परेका छन। स्थानियहरुले अागाे छेक्नकाे लागि अग्नि रेखा काेरे पनि तिव्र हाबाहुरि र भीरको जंगलमा आगलागी भएकाले नियन्त्रण गर्न समस्या भएको स्थानिय हर्क केसीले बताउनु भयाे।उक्त बनक्षेत्रमा अत्याधिक सल्लाका बाेटहरु हुदा अागाे चारै तिर फैलिएकाे हाे।’गाउका सवै आगो नियन्त्रणमा लागेका छौ उहाले भन्नुभयो, अझै आगो नियन्त्रणमा आएको छैन ।’
अागाे कस्ले लगाएकाे भन्ने नखुलेकाे स्थानियहरु बताउँछन् ।
आगलागीले जंगल छेउका बस्ती जोखिममा
आगलागीले जंगल छेउका बस्ती जोखिममा
Advertisement
तपाईको प्रतिक्रिया