कामना डेली,प्युठान। नियमविपरीत सञ्चालित सरुमारानी ५ प्युठानको बंगाली मेडिकल हललाई शिलबन्दी गरिएको छ।सरुमारानी गाउपालिकाले बुधबार अनुगमन गर्ने क्रममा औषधि पसल स्विकृति नलिई सञ्चालन गरेको र म्याद नाघेका औषधि बिक्री गरेको भेटेपछि शिलबन्दी गरेको हो । गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर ओलि सहितको टोलीले पसल शिलबन्दी गरेको हो।
यश अघि औषधि पसल संचालक भारतिय नागरिक शंकर लस्करलाई ७ दिनभित्र आवश्यक कागजपत्र लिई कार्यालयमा आउन निर्देशन दिईएको थियो । गाउपालिकाको निर्देशन अटेरी गरेपछी बजार अनुगमन निर्देशीका २०७५ दफा १४ को क बमोजिम औषधीपसलमा शिलबन्दी गरेको ओलिले जानकारी दिनुभयो। ‘यश अघि आवास्यक कागजपत्र लिइ आउनु भनेर निर्देशन गर्यौं, ओलिले भन्नुभयो,’ निर्देशनको वेवास्ता गरेपछी शिलबन्दी गरेका हौँ।’स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा यस्तो लापरबाही सैह्य नहुने उहाले बताउनुभयो।
त्यस्तै मदिरा सेवन गरि बिद्यालय जाने शिक्षक तेज बहादुर उलुङ्गेलाई गाउपालिकामा तानिएको छ। चेतावनी स्वरुप शिक्षक उलुङ्गेलाई शुक्रवार सम्मका लागि गाउपालिकामा उपस्थित गराईएको हो।उलुङ्गे सरुमारानि ६ पाङवाङको भुवनेश्वरी प्रावीका अनुदान शिक्षक हुन्।पदीय मर्यादा तथा आचरणविपरीत कार्य गरेको पाईए शिक्षकबाट समेत बर्खास्त गर्न सकिने गाउपालिकाले जनाएको छ।