• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

सरकारी कार्यालय नै तिर्दैन्न बिद्युत महसुल


  •   सोमबार, बैशाख २३, २०७६ मा प्रकाशित
  • “बिद्युत कार्यालय लमहीको साढे एक करोड महशुल उठ्न बाँकि”

    Advertisement

    टेक बहादुर पुन,लमहि ।नेपाल बिद्युत प्राधिकरण लमही उपबितरण केन्द्र बाट करिब साढे एक करोड बिद्युत महसुल उठाउन बाँकी छ ।
    न्युनतम ३महिना देखि २२महिना सम्म महसुल नबुझाएका १२सय ४३ ग्राहकबाट जरिवाना बाहेक १करोड ४०लाख ९५हजार १सय ८५रुपैँया ६७पैशा उठाउन बाँकी रहेको बिद्युत उपबितरण केन्द्र लमहीले जनाएको छ । जसमध्य सबैभन्दा धेरै एस.एम.बि. फुड प्रोडक्टको ६लाख १९हजार ५सय ४रुपैँया बिद्युत महसुल बाँकी रहेको छ । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र लमहीको १लाख ७५हजार ७सय २४रुपैँया, मनकामना एग्रिगेट बालुवा उद्योगको १लाख ४हजार रुपैँया, चिरण राईस मिल (पाण्डे राईस अायल मिल) को ४लाख ७८हजार ७सय ४६रुपैँया, खानेपानी योजनाको १ लाख ६७हजार, खड्का स.मिलको १लाख ६७हजार १सय ५०रुपैँया, लमही नगरबिकाश समितिको ५१ हजार रुपैँया महसुल बाँकी छ । यसैगरी बगिया खानेपानी भैँसहवाको १लाख ९७हजार, छम्पाली अायल मिलको १लाख ९हजार, दाङ्गभ्याली ह्युम पाईप सुन्डबरीको ६४हजार, नर्ति रेञ्जपोष्टको ५३हजार, राप्ती उद्यम प्रा.लिको ३लाख १५हजार, भन्सार कार्यालयको ५७हजार, हमाल राईस तथा अायल मिलको ६३हजार, शिबशक्ती कृषक सहकारी सँस्थाको १लाख १२ हजार, गोराराम बोहोरा (खा) को नाममा रहेको मिटरमा ३लाख ६४हजार बिद्युत महसुल बुझाउन बाँकी रहेको देखिन्छ ।

    बिद्युत प्राधिकरण लमही उपबितरण केन्द्रका प्रमुख नन्दलाल शर्माका अनुसार धेरैजसो सरकारी कार्यालय र उद्योग हरुको महसुल बाँकि छ । उनले महसुल नबुझाएका ग्राहकहरुको तत्काल बिद्युत कनेक्सन काटिने बताए । रिडिङ्ग भएको ६० दिनभित्र महसुल नबुझाए कनेक्सन काट्ने प्राबधान रहेपनि उपबितरण केन्द्र लमहीले २२महिना सम्मपनि महसुल नबुझाएका ग्राहकको बिद्युत कनेक्सन काट्न भने सकेको छैन । ठुलाबडाका उद्योगहरुको लाईन नकाटिएको पाईएको छ । सर्बसाधारण घरको उपयोगको लागी भने २ महिनामै कनेक्सन काटिदा ग्राहक चिन्तित छन् ।”कानुन ठुलाबडाकै लागि रैछ, लमही ७ निवासी किशोर कुमार घर्ती मगरले भन्नुभयो-२२महिना नबुझाएको लाईन काटिदैन तर २ महिनाको महशुल बाँकिको लाईन काटिन्छ ।” गरिब र दिनदुखीको जमाना रहेन उहाँले गुणासो गर्नुभयो । महशुल नबुझाएको ३१अौँ दिनदेखी नै जरिवाना लाग्ने भएपनि अटेरी स्वभाबले गर्दा बर्षौ दिनसम्म बिद्युत महसुल नबुझाउनेको सँख्या धेरै रहेको कार्यालयले जनाएको छ । त्यसो त घरायसी प्रयोगका मिटर हरुबाट समयमै महसुल बुझाउने गरेको कार्यालयको भनाई छ ।

    कार्यालयले अनलाईन मार्फत पनि भुक्तानी लिने गरेको छ । सिस्टम लागू भएदेखी अहिले सम्म २६हजार ग्राहक हरुबाट करिब १ करोड २०लाख भुक्तानी लिईसकेको प्रमुख शर्माले बताए । लमही बजार देखि बिद्युत कार्यालय पुग्न करिब अाधा किलोमिटर उकालो चढ्नुपर्छ । सबैलाई सहज होस भनेर अनलाईनको ब्यबस्था गरेको शर्माले जानकारी दिए । ई सेवा, पे पोईन्ट, महालक्ष्मी बैँक, नविल बैँक, हिमालय बैँक, प्रभु बैँक, अाई एम ई पे, सि एफ एस, सिटि एक्सप्रेस र एन ई ए क्याब मार्फत बिद्युत महसुल बुझाउन सकिने छ । उत्तर तर्फ चुरे पहाड, पुर्ब तर्फ कपिलबस्तुको सितगँगा र अर्घाखाँचीको शिबराज, दक्षिण तर्फ भारतको सिमाना, पश्चिमको बाँकेको सिमाना बिचका ग्राहक हरुले यसै कार्यलयमा महसुल बुझाउने गर्छन । पुर्बका ग्राहक लाई टाढा पर्ने भएकाले कार्यालयले भालुबाङ्गमा बिल भुक्तानीको लागी मुबायल काउन्टरको पनि स्थापना गरेको छ ।
    “यस कार्यालयको एरिया ठूलो छ, ९०रुपैँया बुझाउन अाउँदा ५सय खर्च भईदिन्छ, त्यसैले पारदर्शी हिसाबले सम्झाई बुझाई गरि ३/४महिनाको भुक्तानी एकैचोटी पनि लिने गरेका छौँ शर्माले भने ।” त्यसो त कार्यालय समय भन्दा अघि पछि कोही ग्राहक बिल बुझाउन अाए भुक्तानी लिने गरेको शर्माको भनाई छ ।
    लोडसेडिङ्ग मुक्त घोषणा गरेपनि पटक-पटक लाईन जाने समस्या भने कुनै नौलो हैन । गर्मिमा बिद्युतको माग बढ्ने र हावा हुरी सँगै बर्षात पनि हुने भएकाले सिस्टम बचाउनको लागि लाईन काटिने गरेको प्रमुख शर्माको भनाई छ । “यो लोडसेडिङ्ग होईन, सिस्टम बचावटको लागी बेला बेलामा लाईन काटिन्छ शर्माले भने- केही दिनपछि ग्राहकले यो समस्या भोग्नुपर्ने छैन ।”

    सोमबार, बैशाख २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation