कामना डेली, अर्घाखाँची। अर्घाखाँचीको जुकेना ६ फुर्सामाटा देउरालीमा सोमबार साँझ जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।ठाडाबाट प्युठानको कोल्बोट जादै गरेको ग १ ज ४८७६ नम्बरको जिप दुर्घटना हुँदा कपिलवस्तु शिबराज ५ चन्द्रौटाका १८ बर्षीय सिता उपाध्यायको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परि घाईते भएकी उपाध्यायको उपचारको लागि बुटवल तर्फ लैजादै गर्दा बाटो मै मृत्यु भएको हो ।उपाध्यायले टाउको बाहिर निकालेका कारण च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ
जिपको उकालो सडकमा एक्कासी ब्रेक फेल भएर अनियन्त्रित भई सडकमा पल्टिएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Advertisement