• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कविता : झोलामा देश


  •   सोमबार, बैशाख १६, २०७६ मा प्रकाशित
  • रोल्पा गुराँस साहित्य मेलामा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा प्रथम हुने कवि मोहन संग्राम र उनको कविता  ।

    Advertisement

    कविता : झोलामा देश

    अत्यन्तै सजग भएर
    बर्षाैँदेखि
    हिडिरहेको छ एउटा मान्छे
    झोलामा देश बोकेर

    उसलाई डर छ
    अलिकती हल्लियो भने
    रारा छचल्किन्छ
    अलिकती निहुरियो भने
    सरगरमाथाले बिझाउँछ

    दाहिने गोजीमा राखेको टिस्टा कहाँ हरायो?
    देब्रे गोजीमा राखेको काँगडा कहाँ खस्यो ?
    उ हरेक पटक फरक फरक जवाफ दिन्छ
    घडीले दिने जवाफजस्तो

    झोलाबाट निकालेर एक खिल्ली युवाहरु
    देशको नक्साजस्तै कागजमा बेर्छ
    हात तन्काएर खाडीको आगोमा झोस्छ
    हात खुम्च्याएर आँखा चिम्लेर चुस्छ
    धुवाँ आफु लिन्छ खरानी  झोलामा राख्छ

    कहिलेकाँही
    जब उसलाई थकाइ लाग्छ
    झोलालाई अगाडी राखेर
    बिश्राम लिन्छ मुलायम चौरमा
    र झोलामा भगवानको चारो हालिदिन्छ

    झोलाभित्र झगडा हुन्छ
    आ–आफ्नो भगवानको लागि
    जव झोलाभित्र
    भगवानको रुची घट्छ
    उसले एकमुठ्ठी पुर्खाको हड्डी बटुल्छ
    र झोलाभित्र हुर्याउछ

    फेरी घम्साघम्सी हुन्छ झोलाभित्र
    आ–आफ्ना पुर्खाहरुको लागि
    बेला बेला झोलाभित्र
    नाकको उचाई
    आँखाको आयतन
    जिब्रोको गती
    यस्तै विषयहरुमा झगडा हुन्छ

    यो सब देखेर
    उसलाई आनन्द महशुस हुन्छ
    जस्तो कि
    भर्खरै ठुलो युद्ध जितेर
    उ पिपलको फेदमुनी स्वास लिईरहेको छ
    ?जस्तो कि
    बर्षौँपछि भेटिएकी
    आफ्नी प्रेमिकाको काखमा
    उ निदाएको छ

    झोलाभित्र गुञ्जिने बन्दुकको ध्वनी
    उसलाई गितजस्तो लाग्छ
    झोला भित्र खेलिने रगतको होली
    नाटक सम्झेर हेर्छ

    झोलाभित्र सारंगी बज्यो भने
    उसको कान पाक्छ
    झोलाभित्र सेतो परेवा देख्यो भने
    उसको सातो जान्छ

    कुकुरलाई हड्डी देखाएझैँ
    कुनै सुन्दर बस्तु देखाउँछ बाहिरैबाट
    झोलाभित्र एकछिन ताली बज्छ
    त्यो ध्वनीमा उ नाच्न थाल्छ
    कहिले झोलाभित्र सानो प्वाल पारिदिन्छ
    झोलाको एउटा कुना उज्यालो हुन्छ
    अँध्यारोमा परेकाहरुले आन्दोलन गर्छन्
    त्यो संगीतमा उ निदाउछ

    दक्षिणतिर उत्सव हुँदा
    झोला उत्तरतिर फर्काउँछ
    उत्तरतिर उत्सव हुँदा
    झोला दक्षिणतिर कोल्टाउछ
    दुवैतिर शान्त भयो भने
    गोजीबाट कालो चस्मा झिकेर
    आँखामा लगाउछ
    शिर ठाडो बनाउँछ
    हात माथी उठाउँछ
    र मन्द हाँसो हाँस्छ

    यसरी
    छुट्टाछुट्टै अनुहारमा
    फरक फरक हुलियामा
    बर्षौँदेखि हिडिरहेछ एउटा मान्छे
    झोलामा देश बोकेर ।

    #rolpa

    सोमबार, बैशाख १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation