माधव बेल्बासे, कपिलवस्तु ।
नवलपुर गैंडाकोट घर भएकि २३ बर्षिय आसा(नाम परिवर्तित)को घरमा श्रीमान हुदा हुदै अर्घाखाँचीका एक युवकको माया जालमा फसिन । सामाजिक संजालबाट सुरु भएको प्रेम सम्बन्ध नजिकिदै गएपछी अन्त्यमा बिबाह हुने भयो । ४ बर्षको छोरा रहेको उक्त महिला घरबाट भागीन। कपिलवस्तुको कृष्णनगर हुँदै भारत जान तयार भइन । छोरालाई घरमै छोडेर हिडेकी महिला कृष्णनगरमा रहेको ‘आफन्त नेपाल’ नामक सस्थाले सोधपुछ गर्दा उक्त रहस्य बाहिर आयो । यो त एउटा मात्र घटना हो यस्ता आसा जस्ता धेरै महिलाहरु समाजिक संजाल मार्फत परिवारबाट टाढा तथा दुख पाएका महिलाहरु धेरै छन ।
चार बर्षको बच्चा आमाको काखमा रमाउने आमाको हातबाट खाने समय हो। तर आमाको समान्य लापरबाहीले छोरा छोरीको भबिस्य नै अन्धकार हुने गर्दछ । सामान्य चिनजान कै भरमा बिहे गर्ने निर्णय गर्नु गलत हो ।
मजदुरी गरेर जिबिकोपार्जन गरेका आसाका श्रीमानले फेला परेको आफन्त नेपाल तथा नेपाल प्रहरीलाई धन्यबाद दिए ।पछिल्लो समयमा समाजिक संजालको दुरुपयोग बढेको आफन्त नेपालका जिल्ला सयोजक केशर बिस्वकर्माले बताए । यस्ता बिषयमा महिलाहरु संबेदनसिल हुनुपर्ने बिस्वकर्माको सुझाव छ । कपिलवस्तु कृष्णनगर सिमा नाकाबाट ती महिलालाइ उद्वार गरिएको छ । महिलालाइ परिवारको जिम्मा लगाउने सम्योजक बिस्वकर्माले बताए ।
४ बर्षे छोरा छोडेर परपुरुषसंग भागेकी महिलाको सिमाबाट उद्वार
४ बर्षे छोरा छोडेर परपुरुषसंग भागेकी महिलाको सिमाबाट उद्वार
Advertisement
तपाईको प्रतिक्रिया