• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. अस्पताल बने, सेवा सुरु भएन

  • ३. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ४. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ५. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • ६. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ७. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • ८. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

  • ९. बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

  • १०. लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

समृद्धिका लागि सरकार र सहकारी सँगसँगै जानुपर्छ : मन्त्री पौडेल


  •   शनिबार, चैत ३०, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री आरती पौडेलले राज्यले लिएको समृद्धिको अभियान सफल पार्नका लागि सरकार र सहकारी सँगसँगै अगाडि बढ्नु पर्नेमा जोड दिएकी छन् । सहकारीमा संकलित पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिने मन्त्री पौडेलको भनाई छ । प्युठान नगरपालिका ९ मरन्ठाना बुढादेबीमा रहेको प्राभाबशाली कृषि सहकारी सस्था लिमिटेडद्वारा संचालित एकीकृत कृषि फर्म र स्मार्ट गाउँ कार्यक्रम कार्यान्वयन समितिको कार्यालय उद्घाटन कार्यक्रममा उनले सहकारीको समग्र व्यवस्थापन गर्न आवश्यक कानून निर्माणको तयारी भइरहेको बताइन् ।महिला र युवालाई लक्षित गरी उद्यमशीलताको विकास गर्नु आवश्यक भएको उनको भनार्इ थियो । मन्त्री पौडेलले उपलब्ध साधन स्रोतको उपयोग गर्दै स्वरोजगारका कार्यक्रम अघि बढाउन सकिने बताइन् । “सहकारीमा संकलित सानो पूँँजी समाजको आर्थिक समुन्नतिका लागि महत्वपूर्ण माध्यम बनेको छ,” उनले भनिन्, “यसबाट आपसी समझदारी एवं सामूहिक भावनाको विकास हुँदै गएको छ ।”स्थानीय तह र सहकारीबीच समन्वय आवश्यक भएको औल्याउँदै उनले व्यवहारिकताका आधारमा सहकारीका लागि कर निर्धारण गर्नुपर्ने बताइन् । जग्गाको खण्डीकरणलाई निरुत्साहित गर्दै उत्पादनशील बनाउन आवश्यक रहेको उनको भनाइ थियो । उत्पादनमूलक क्षेत्रमा पुँजी लगाई उत्पादनलाई बृद्धि गरी प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउनुपर्नेमा जोड समेत दिइन। प्रदेशको समृद्धिको आधार कृषि नै भएको भन्दै मन्त्री पौडेलले उत्पादन वृद्धिका लागि सरकार, नीजि क्षेत्र र सहकारी संस्था मिलेर अघि बढनुपर्नेमा जोड दिईन । सहकारी मार्फत उत्पादन वृद्धि गरेर प्रदेशलाई आत्मनिर्भर बनाउने दिसामा प्रदेश सरकार अघि बढेको उनको भनाई थियो। मन्त्री पौडेलले प्रदेशसभामा टेवुल भइसकेको सहकारी ऐन छिटै पारित भई कृषि क्षेत्रमा क्रान्ति नै ल्याउने दावी समेत गरिन। सरकाले लिएको लक्ष्य पुरा गर्नका लागि सहकारीसँगको सहकार्य अनिवार्य छ, त्यसका लागि सहकारीमैत्री नीति नियम निर्माण र सोही अनुसारको कामका लागि अनुगममन समेत गरिने उनले बताइन् । सहकारी ऐनमा सुधार गर्न पर्ने विषयमा समयक्रममा संशोधन गर्दै जान सकिने भन्दै मन्त्री पौडेलले सहकारीलाई ठेस लाग्ने गरी कानुन नबन्ने प्रतिवद्धता व्यक्त गरिन् ।
    सहकारी क्षेत्रमा राज्यले प्रदान गर्ने रकमलाई सहकारी बैंक मार्फत परिचालनका लागि सहकार्य गरेर अगाडि बढ्न मन्त्रालय तत्पर रहेको उनको भनाइ छ ।कार्यक्रममा प्रदेश ५ का सभाषद कृष्णध्वज खड्काले सहकारी मार्फत देशको समग्र अवस्था सुधारका लागि सरोकारवालाहरु बीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
    खड्काले सहकारीलाई व्यवस्थित गर्न सरोकावालाबीच एकरुपताको खाँचो रहेको बताए । उनले सहकारीको माध्यमबाट रेमिट्यान्सलाई आधुकनिक तरिकाले उत्पादनशिल क्षेत्रमा लगानि गर्न आग्रह गरेका छ्न।
    फर्मका अध्यक्ष बोम बहादुर भण्डारीको अध्यक्षता र सदस्य दिपेन्द्र के सि को सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रदेश सभाषद , प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपति उपमेयर शान्ता आचार्य ,जिल्ला समन्वय समितिका सदस्य रेशमा गिरि ,विभिन्न राजनीतिक दलका प्रतिनिधि प्युठान नगरपालिका ९ का अध्यक्ष नेहरसिह के सि प्युठान नगरपालिका १० का अध्यक्ष पदम गिरि लगायतको उपस्थिति रहेको थियो।

    Advertisement

    शनिबार, चैत ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत
    सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
    भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ
    प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी
    नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता
    सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      अस्पताल बने, सेवा सुरु भएन

    • ३.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ४.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा

    • ५.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम

    • ६.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं :

    भर्खरै

    • १.
      झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

    • २.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • ३.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ४.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ५.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ७.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ८.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...