• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

११ विद्यार्थी संगठनले एउटै मंचमा उभ्याए आफ्ना पार्टिका नेताहरुलाई


  •   शनिबार, चैत ३०, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    काठमाडौं ।नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको नेतृत्वमा सरकार बिरुद्ध संघर्ष गरिरहेका ११ विद्यार्थी संगठनहरुले आफ्ना मातृपार्टिलाई एक ठाउँमा ल्याएका छन। नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहको पहलमा केही महिना अगाडी बाट मोर्चा बन्दी गरेर आएका प्रतिपक्ष दलका ११ विद्यार्थी संगठनले आज नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहको अध्यक्षमा काठमाडौंको राष्ट्रिय सभागृहमा सरकार विरुद्ध खबरदारी सभा सम्पन्न गरेका छन। खबरदारी सभामा प्रमुख प्रतिपक्षी दल कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कोपाल किराँती नेतृत्वको नेकपा माओवादी, नेकपा माले, विप्लव नेतृत्वको नेकपा र चन्द्रबहादुर थापा नेतृत्वको राष्ट्रवादी एकता केन्द्र एक ठाउँमा उभिएका छन। यी सबै राजनीतिक दलका विद्यार्थी संगठनले शुक्रबार काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै आफ्नो माउ पार्टीका शीर्ष नेतालाई एक ठाउँमा उभ्याएका हुन्। ११ वटा पार्टीको भ्रातृ संगठनसँग जनजाति विद्यार्थीहरूको जातीय संस्था जनजाति विद्यार्थी महासंघ पनि जोडिएको छ।
    उनले चाँडै कार्यक्रममा सहभागी दलका शीर्ष नेताबीच वार्ता हुने बताए। ‘सभापति (शेरबहादुर देउवा)को बाहिर कार्यक्रम छ। त्यो कार्यक्रम सकेर सबै आज सहभागी दलका नेताको वार्ता हुने कुरा भएको छ’, उनले नागरिकसँग भने, ‘अरू दलसँग पनि कुरा भइरहेको छ। अबको आन्दोलनको नेतृत्व फेरि कांग्रेसले गर्छ।’ कार्यक्रममा कांग्रेस सभापति देउवाले अब सरकारको विरुद्धमा आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए। दुई तिहाइको शक्तिशाली सरकारले जनअपेक्षाअनुसारको काम गर्न नसकेकाले आन्दोलनमा जानुको विकल्प नरहेको बताए।

    ‘यो सरकारले बलात्कारीलाई पक्राउ गर्नुको सट्टा लुकायो’, उनले भने, हत्या हिंसाका घटना बढिरहेका छन्। यी र यस्तै कारणले अब आन्दोलन गर्नुपर्ने अवस्था आएको छ। त्यसका लागि तपाई विद्यार्थीहरू अघि बढ्नुहोस् हाम्रो साथ रहन्छ।’

    सभापति देउवाले यो सरकारले जताततै कर बढाएको बताए। उनले महँगी र करका कारण गरिब जनतालाई समस्या भएको बताए। ‘कर अचाक्ली बढेको छ। महँगी पनि उस्तै छ। मैले केही दिनअघि काभ्रे जाँदा थाहा पाएँ कि कुखुरा एक ठाउँबाट अर्को ठाउँमा लगेको पनि कर लाग्दो रहेछ’, उनले भने, ‘उहाँलाई केपी ओली हैन करप्रसाद ओली भने हुन्छ।’

    सभापति देउवाले सीके राउतलाई मूलधारमा ल्याएर सरकारले शंका गर्ने ठाउँ राखेको बताए। ‘रातारात सीके राउतलाई छुटाएर सम्भौता गरियो। सम्झौता गरेको भोलिपल्ट उनी मेधस पुग्दा नयाँ देशमा स्वागत छ भनेर स्वागत गरियो। स्वतन्त्र मधेसका लागि जनमत संग्रह गर्ने भनेको छ’, उनले भने, ‘कांग्रेसले कुनै हालतमा राष्ट्रहितविपरीत जनमत संग्रह हुन दिँदैन। केपी ओलीको राष्ट्रवाद कहाँ छ? देशभक्ति खोइ कहाँ देखियो?’

    शनिबार, चैत ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation