माधव खनाल,अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट करिव ७ किलोमिटर नजिक भुमिकास्थान नगरपालिका ८ नुवाकोट लात्तेबाजमा जीप दुर्घटना भएको छ । सदरमुकाम सन्धिखर्कबाट प्युठान ऐरावतीको बरौलाका लागी छुटेको गाडी दिउँसो करिब पौने दुई बजे दुर्घटना भएको प्रत्यक्षदर्शी सुरज श्रेष्ठले बताए ।लु १ ज १२२९ नम्बरको जिप दुर्घटना हुदाँ घटनास्थलमा २ जनाको र जिल्ला अस्पताल सन्धिखर्कमा १ जना गरी ३ जनाको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ । मृत्यू हुनेमा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षिय मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षिय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठको मृत्यू भएको छ ।घाईते ९ जनालाई बुटबल रिफर गरिएको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा बाहिर रहेको प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिए । दुर्घटनामा मृतक सहित अधिकाशं प्युठानको ऐरावती गाउपालिकाबासी परेको भन्दै गाउपालिकाले दुख ब्याक्त गरेको छ। गाउपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले घटना सुन्दा दुख लागेको बताए। अन्य घाइतेहरुको सन्धिखर्कमै उपचार भइरहेको छ। गाडी दुर्घटना भएको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
अर्घाखाँचीमा जीप दुर्घटनामा ३ जनाको मृत्यु, १३ जना घाइते
अर्घाखाँचीमा जीप दुर्घटनामा ३ जनाको मृत्यु, १३ जना घाइते

Advertisement
तपाईको प्रतिक्रिया