• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. अस्पताल बने, सेवा सुरु भएन

  • ३. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ४. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ५. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • ६. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ७. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • ८. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

  • ९. बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

  • १०. लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

वाणगंगा नगरपालिकाको चौँथो नगर सभा सम्पन्न ।।


  •   शनिबार, चैत २३, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    राजेन्द्र खनाल,कपिलवस्तु

    कपिलवस्तुको वाणगंगा नगरपालिकाले नगरको सस्थागत विकास शुसाशन तथा सेवा प्रवाह तथा न्यायिक कार्य सम्पादन सहित नगरको अर्धवार्षिक समिक्षा र उपलब्धिको सार्वजनिकीकरण गर्दै चौँथो नगर सभा सम्पन्न गरेको छ । आज वाणगंगा नगरपालिकाको वडा नम्बर २ स्थित हिल्वर्ट स्कूलको सभाहलमा आयोजित नगर सभामा नगरपालिकाले संविधानले व्यवस्था गरेको प्रावधान अनुसारको कार्य सम्पादन र सोहि व्यवस्थामा निहित रहि नमुना नगर निर्माणका लागि चालु आर्थिक वर्षको अहिले सम्मको प्रगति समिक्षा गरेको हो ।

    आयोजित नगर सभामा नगरको अर्धवार्षिक प्रगति र भावि योजनाको विषयमा जानकारी गराउदै नगर प्रमुख मंगल प्रसाद थारुले नगरका सबै नागरिकहरुको हितका लागि नगरपालिकाले विशिष्टिकृत याजनाका साथ काम गरेको बतए । उनले नगरमै रोजगार सिर्जनाका लागि संघिय र प्रादेशिक सरकारसँगको समन्वयमा स्थानिय सरकार पनि जनताकै हितमा लागेको बताए । नगर प्रमुख थारुले नगरको समृद्धिका लागि आफुहरु लागि परेको बताउदै रचनात्मक सहयोग गर्न नगरवासिहरुलाई अनुरोध गरेका छन् ।

    त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य विष्णु पन्थीले नगरवासीहरु समृद्ध भए मात्र नगर समृद्ध हुने ठहर गर्दै नगरवासीहरुलाई समृद्ध बनाउनका लागि कार्यपालिकाको समुह योजनाबद्ध रुपमा लाग्नुपर्नेमा जोड दिए ।

    नगर कार्यपालिका सदस्यहरु, आमा समुह, स्वास्थ्य स्वयंसेविहरु तथा सञ्चारकर्मिहरुको उपस्थितिमा सम्पन्न नगरसभामा नगरको समृद्धिका विषयमा विशेष छलफल समेत गरिएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कपिलवस्तुकी उप संयोजक तारावति चौधरीले आफु पनि यसै नगरपालिकाको वासिन्दा रहेको र नगरपालिकाले धेरै नै प्रगति गरिरहेको भन्दै खुसि व्यक्त गर्नु गरिन् ।

    यस्तै उप मेयर चक्र पाणी अर्यालले वाणगंगा नगर कार्यपालिकाले सम्पादन गरेका कार्यहरु तुलनात्मक रुपले प्रसंसनिय रहेको जिकिर गरे ।

    नगरपालिकाले हाल सम्म न्यायीक समितिको काम,अनलाईन प्रणालीबाट सेवा प्रवाह,नगरको दीर्घकालिन आवधिक योजना तर्जुमाको कामलाई प्रगतिको रुपमा समावेश गरेको छ । त्यस्तै नगरको मोवाईल एपस संचालन, फ्रि वाईफाई जोन स्थापना, नगरका एक सय वटा टोलविकास सस्थाको कामलाई पनि प्रगतिको सूचिमा राखेको छ । आगोलागीका घटना न्युनिकरणका लागि नगरले दमकल तयारी अवस्थामा राखेको पनि जनाएको छ ।

    उता पशु सेवा तर्फका उपलब्धिलाई नगरपालिकाले गाई, भैँसी,बंगुर तथा बाख्रा पालन सम्बन्धि तालिम संचालन र खोर सुधार अनुदान कार्यक्रमको सूचना प्रकाशित भै कार्यान्वयनको प्रक्रियामा रहेको जनाएको छ । त्यस्तै प्रदेश सरकार, नगरपालिका र स्थानिय उपभोक्ताहरुको सहभागितामा कूल १५ लाख रकम बराबरको बाख्राको नश्ल सुधार तथा श्रोेत केन्द्र नगरको जिनुवा, मोतिपुर र मधुवनका किसानलाई समेटी स्थापनाको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

    लक्षित तर्फका योजनामा हालसम्म ५४ वटा कार्यक्रम सम्पन्न भै रु ६१ लाख खर्च भएको र जसबाट ८२९८ नागरिक लाभान्वित भएको उल्लेख गरेको छ । त्यस्तै नगरलाई नै वालमैत्रि नगर घोषणाका लागि बालमैत्री स्थानिय शासनको अभिमुखिकरणलाई पनि उपलब्धिको रुपमा उल्लेख गरिएको छ ।

    सम्पन्न नगरसभामा नगरको कृषि विकास, स्वास्थय सेवा तथा नगर सरसफाई, आर्युवेद, शिक्षा तथा खेलकुद,लगाएतका विषका प्रगतिबारे पनि समिक्षा गरेको छ । घर नक्सा पासका विषयमा नगरपालिकाले नगरका पुराना घर दर्ता ४२९ वटाभएको र नयाँ घर दर्ता १३० वटा भएको जनाएको छ । सो मध्ये पुराना ८० घरलाई रोक्का गरेको छ ।

    भौतिक पूर्वाधार तर्फका नगरका योजना मध्ये ५ लाख भन्दा मुनीका १८९ वटा, ५ लाख देखि २० लाख सम्मका योजना ५९ र सो भन्दा माथिका २१ योजना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै भौतिक पूर्वाधार तर्फकै नगरको भवन निर्माणको काम अहिले सम्म ९५ प्रतिशत सकिएको जनाईएको छ । संघिय सरकारबाट विनियोजित रकम बाट नगरको भर्लावास, भर्तापुर खानेपानी योजना निर्माणका लागि १ करोडको एकमात्र याजना अगाडि सारिएको छ। त्यस्तै ५ नम्बर प्रदेश सरकारबाट नगरको कपिलधाम, मलिका मन्दिर बन्डौली, दुर्गा मन्दिर वाणगंगा लक्ष्मणघाट व्यवस्थापन तथा सुदृढिकरण, झण्डा –बनगाई, मोतिपुर–जिनुवा, डोहोटे सडक कालोपत्रे, ओदारी भडसडवा–प्रगतिनगर पटना सडक कालोपत्रे लगाएतका योजनाको रकम विनियोजन भई कामको प्रक्रिया अगाडि बढेको पनि नगर सभामा जानकारी गराइएको छ ।सम्पन्न कार्यक्रममा वाणगंगा नगर प्रमुख मंगल थारुको अध्यक्षता सहित ५ नम्बर प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै जिल्ला समन्वय समिति उप प्रमुख तारावती चौधरीको विशिष्ठ आतिथ्यता रहेको नगर सभामा नगरका एघारवटै वडाका वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, विभिन्न विषयगत समितिका पदाधिकारी, जिल्लाका विभिन्न संचार क्षेत्रमा कार्यरत संचारकर्मी तथा पत्रकारहरु, लगाएतको उपस्थिति रहेको थियो । नगर सभामा वाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष एवम् नगर सभा व्यवस्थापन समितका संयोजक तथा नगर प्रवक्ता विष्णु प्रसाद पौडेलको स्वागत,र नगरका सामाजिक विकास समितका संयोजक एवम् वडा नम्बर ५ का वडा अध्यक्ष भिष्मराज भुसालको संचालनमा सम्पन्न भएको छ ।

     

    शनिबार, चैत २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत
    सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
    भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ
    सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य
    एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान
    गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      अस्पताल बने, सेवा सुरु भएन

    • ३.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ४.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा

    • ५.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम

    • ६.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं :

    भर्खरै

    • १.
      झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

    • २.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • ३.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ४.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ५.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ७.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ८.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation