अर्घाखाँची । जिल्लाको मालारानी गाँउपालिका वडा नम्बर–२, का वडाध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) सम्पर्कमा आएका छन ।हराएको तीन महिना पछि उनी आफैले फोन गरि सम्पर्कमा आएका हुन। पुस २ गते मालारानी २ डाडाकटेरीमा रहेको घरबाट वडा कार्यालयको मोटरसाइकल सर्भि्सिङ गर्न भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर बेपत्ता भएका थिए । गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गएको भन्ने बारेमा थाहा हुन सकेको थिएन ।शुक्रबार बिहान बुटवलबाट फोन गरेर आफू सकुशल रहेको जनाएको मालारानी गाँउपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए । उनी कहाँ र किन गएको भन्ने बारेमा जानकारी नगराएको तर आफू कुशल रहेको जनाएको अध्यक्ष आचार्यले सुनाए । उनी भारतमा गएर बसेको हुन सक्ने आंकलन गरिएको छ । तर किन र केकोलागि वा कुन समस्याले भन्ने थाहा हुन सकेको छैन ।
प्रहरीले खोजी कार्य जारी राखेको थियो । वडा अध्यक्षको मोबाइलको कल डिटेल निकाल्ने, सन्धिखर्कको शासन्त बगैचामा रहेको सीसी कयामेरामा पुस २ गते कैद भएको भिडियो हेर्ने लगायतका सबै कार्य प्रहरीले गरेको थियो । तर उनेर कहा गएको भनेर पत्ता लाग्न सकेको थिएन ।