जुम्ला(खलंगा)– जुम्लामा घर भत्किदा पतीको मृत्यु भएको छ भने उनकी पत्नी गंभीर घाईते भएकी छिन। गुठीचौर गाउँपालिका–५ मा घर भत्किँदा घाइते भएका रत्नराज गिरीको मृत्यु भएको हो ।
गुठीचौर–५ धिता बाख्रेचौरस्थित स्याउको बगैँचामा निर्माणाधीन अवस्थामा रहेको दुईतले घर बुधवार बेलुकी भत्किएको थियो ।
उपचारका क्रममा बिहीवार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घर भत्किँदा गम्भीर घाईते भएकी श्रीमतीको अवस्था भने चिन्ताजनक रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत डा. पुजन रोकायाले बताए ।
Advertisement