पाल्पाको तानसेनमा ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन् । तानसेन नगरपालिका – ४ हुलाकचोक मुख्य बजारमा ब्राउन सुगरसहित दुई युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रुपन्देही तानसेन नगरपालिका –४ मा डेरा गरी बस्ने २० वर्षीय सहाबुद्दिन नाँउले र तानसेन नगरपालिका – ५ बस्ने २४ वर्षीय मोहमद मिँयासँग लागू औषध ब्राउन सुगर खरिद गरी बोकी हिँडेको अवस्थामा शुक्रवार प्रहरीले पक्राउ गरेको हो ।
तानसेनमा यसअघि पनि युवाहरु पक्राउ पर्दै आएका छन् । नजिकको सोनौली भारतबाट लागुऔषध ल्याउने र जिल्लाका विभिन्न स्थानमा बिक्री तथा सेवन गर्ने गरेको प्रहरीले सुराकी पाएपछि उनीहरु सुराकीको आधारमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलीले निज सहाबुद्दिन नाउँको शरीर खानतलासी गर्दा लागुऔषध ब्राउन सुगर जस्तो चिज वस्तु २६ मिलिग्राम, नेपाली नगद एक हजार पाँच सय बरामद गरेको छ ।
यसैगरी सोही दिन मोहमद मियाँलाई समेत पक्राउ गरिएको प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिए ।