पश्चिम नवलपरासीका सुकुम्बासीको माग:’लालपूर्जा देउ’

परासी। बर्साैँदेखि बसोबास गर्दै आएको बस्तीलाई संरक्षण गर्दै आफूहरुलाई लालपूर्जा दिनुपर्ने पश्चिम नवलपरासीका सुकुम्बासीहरुले माग गरेका छन् । नेपाल बसोबास बस्ती संरक्षण नेपाल नवलपरासीको आयोजनामा सोमबार परासीमा आयोजित वस्ती संरक्षण विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले उक्त माग गरेका हुन् । जङ्गल नजिक, खोला किनार लगयतका एैलानी जग्गामा लामो समय देखि बसोबास गर्दै आएपनि आफूहरुले लालपूर्जा नपाउँदा सधैँ त्रासमा बस्नुपरेको समाजकी जिल्ला अध्यक्ष टिचन गुरुङले बताउनुभयो । विभिन्न समयमा बनेका सुकुम्बासी समस्या समाधान आयोगहरुले आफूहरु जस्ता वास्तविक सुकुम्बासीको समस्या नबुझेको उहाँको भनाई थियो ।
बसीरहेको बसोबास क्षेत्रको लालपूर्जा नहुँदा सरकारले जतिबेला पनि हटाउन सक्ने त्रास रहेकोले सरकारलाई घच्घचाउनका लागि भन्दै आज कार्यक्रम गरेपनि कोही पनि जनप्रतिनिधि कार्यक्रममा नआएर आफूहरुलाई अपमान गरेको सुकुम्बासीहरुले बताएका थिए ।सुकुम्बासीलाई चुनावका बेला भोट माग्न आउँदा मिठा मिठा आश्वासन दिने तर कार्यान्वयन नगर्ने गरेको नेपाल बसोबास वस्ती संरक्षण समाजकी केन्द्रीय उपाध्यक्ष धन कुमारी आलेले बताउनुभयो ।वन क्षेत्र सिमाङ्कन हुनुभन्दा पहिले देखि र सामुदायिक वनको अवधारणा आउनु भन्दा पहिला देखि नै आफूहरु बसेको भन्दै उहाँले त्यस्ता सुकुम्बासीलाई तत्काल लालपूर्जा दिनुपर्ने माग गर्नुभयो ।पश्चिम नवलपरासीको सुनवल वडा नं. १, ६, ७ र ८ नम्बर वडा, रामग्राम,सरावल, सुस्ता लगायतका केही वडामा गरी करिव आठ हजार सुकुम्बासीले लालपूर्जा नपाएको समितिले जनाएको छ ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...