• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

लोकप्रिय समाचार

  • १. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • २. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ३. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ४. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ५. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ६. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ७. झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • ८. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ९. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • १०. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

घरदैलोमा सरकार: एकीकृत घुम्ती शिविरले प्युठानका दुर्गमवासीलाई राहत


  •   मङ्गलबार, चैत ०५, २०७५ मा प्रकाशित
  • कामना डेली,प्यूठान । राज्यको नागरिक भएको आधारभूत परिचयपत्र समेत बनाउन नसकिरहेका दुर्गमका बासिन्दाहरुका लागि एकिकृत घुम्तिी शिविर बरदान सावित भएको छ ।भौगोलिक विकटता, बृद्धबृद्धा, अपाङ्ता भएकाले आवश्यक सरकारी सेवासुविधा लिनबाट समेत बन्चित दुर्गम गाउँका स्थानीयले घरदैलोमै सरकारी सुविधा लिएर सरकार पुगेपछी राहत महसुस मात्र होईन आवास्यक सेवा समेत लिन पाए। जिल्ला प्रशासन कार्यालय प्यूठानले चालु आर्थिक वर्षको अवधिमा विभिन्न ५ स्थानमा आयोजित घुम्तिी शिविरबाट एक हजार ३१३ जनाले नागरिकता परिचयपत्र प्राप्त गरेका छन् । घुम्ती शिविरबाट नागरिकता लिनेमा जिल्ला तथा इलाका प्रशासन कार्यालयसम्म विभिन्न कारणले पहुँच नपुगेकाहरु रहेका छन् । उमेरले पाको बनेका जेष्ठ नागरिकहरुसमेत नागरिकता नलिएको पाइएको छ । यस्तै नागरिकता नलिनेमा महिलाहरुको संख्या अत्यधिक रहेको छ । पैत्रिक सम्पती पुरुषमा मात्र हस्तान्तरण हुने प्रचलनको साथै महिलाको गतिशिलता कम रहेकोले नागरिकताको आवश्यकता महसुस नगर्नेमा अधिकांश ग्रामीण महिलाहरु रहेका छन् । नेपाल सरकारले नागरिकको घरदैलोमा सेवा पु¥याउन घुम्ति शिविर आयोजना गर्न थालेपछि नागरिकता बनाउने ग्रामीण महिलाहरुको पहुँच बढ्न थालेको हो । यस्तै स्थानीय स्तरबाट उपलव्ध हुने विभिन्न सामाजिक सुरक्षाका सेवाहरु लिनको लागि पनि नागरिकता आवश्यक भएकोले नागरिकता बनाउनेको संख्या बढ्न बढन थालेको छ ।
    त्यसो त घुम्ति शिविरबाट नागरिकता प्रदान मात्र होइन मतदाता नामावलीमा नाम समावेश हुने पनि गर्दछ । यसले नागरिकहरुलाई आप्mना प्रतिनिधि छनौट गर्न पाउने अवसर समेत प्रदान गरेको बताइन्छ ।
    जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको समन्वयमा शिविर सञ्चालन गर्ने कार्यलाई प्राथमिकता दिदै आएको छ । यस आर्थिक वर्षमा थप दुई स्थानमा घुम्ति शिविर आयोजना गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए ।
    जिल्लास्थित विभिन्न कार्यालयबाट प्रदान हुने सेवालाई नागरिकको घरदैलोसम्म पु¥याई सहज ढंगबाट एकै थलोबाट धेरै सेवाहरु एकीकृत रुपमा उपलब्ध गराई सार्वजनिक सेवामा नागरिकको सहज पहुँच र्पुयाउने उद्देश्यले शिविर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रेका भनाइ छ ।
    पछिल्लोपटक गत चैत्र २ र ३ गते झिमरुक गाउँपालिकाको केन्द्र्र मच्छीमा आयोजना गरिएको घुम्तिी शिविरबाट मात्र २७२ जना सो क्षेत्रका बासिन्दा नागरिकताको प्रमाणपत्र प्राप्त गरी नागरिक बनेका छन् । यस्तै ३२० जनाको मतदाता नामावलीमा नाम दर्ता भएको छ ।
    जिल्ला प्रशासन कार्यालय प्यूठानले उपलव्ध गराएको जानकारी अनुसार सो अवसरमा शान्ति सुरक्षा र अपराध नियन्त्रण सम्वन्धी चेतनामूलक भिडियो प्रदर्शन गरिएको थियो । घरेलु तथा साना उद्योग विकास सम्वन्धी परापर्श सेवा, १९२ जनालाई आयुर्वेद उपचार सेवा, २१९ जेष्ठ नागरिक परिचयपत्र बितरण, ३६ जनालाई अपाङ्गता परिचयपत्र बितरण गरिएको थियो ।
    त्यस्तै घुम्ति शिविरको अवसरमा ३०० कृषकहरुलाई कृषि समवन्धी परामर्श सेवा, ५०० जनालाई बिउबिजन बितरण, १९९ जनालाई पशुपालन सम्वन्धी परामर्श सेवाको साथै एक हजार १५४ जनालाई पशुका विभिन्न औषधि बितरण गरिएको थियो ।
    जिल्लास्थित विभिन्न कार्यालयको सेवा आप्mनै घरदैलोमा पाउँदा स्थानीय हर्षित समेत भएका थिए ।

    Advertisement

    मङ्गलबार, चैत ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    वडाध्यक्ष तीन लाख घुससहित पक्राउ
    कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    दाङमा बाघको छालासहित तीन जना पक्राउ
    नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    लोकप्रिय

    • १.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • २.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको

    • ४.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ५.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ६.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    भर्खरै

    • १.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • २.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • ३.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    • ४.
      गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

    • ५.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • ६.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • ७.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ८.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...