• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा आगजनी प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य

२८ बर्ष जागिर गरेर बनाएको घरमा आगजनी भएपछी मुख्यमन्त्रीकी श्रीमतीको आँखामा आसु

न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

जेनजी आन्दोलनमा षड्यन्त्रपूर्वक संरचना ध्वस्त पारियो : गौतम

कांग्रेस गुल्मीका कार्यकर्ताद्वारा विशेष महाधिवेशनको माग

संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

लेकवेशीमा सरकारी गाडी कार्यालयमै राख्नुपर्ने

युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

लोकप्रिय समाचार

  • १. धुलो टकटकाउँदै फेरि उठ्नेछौं

  • २. लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

  • ३. जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

  • ४. दाङमा एनआईसी एसिया बैंक सिसहनियाँ शाखामा नक्कली नोट फेला

  • ५. गुल्मीमा बिषालु च्याउ खाँदा एकै परिवारका ५ सहित ६ जना बिरामी

  • ६. अवैध लागूऔषधसहित पाँच जना पक्राउ

  • ७. संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

  • ८. संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

  • ९. न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

  • १०. सवारी दुर्घटनामा दुई जनाको मृत्यु

विप्लवले समयमै हतियार नबुझाए, अटेरी गरे के गर्नुपर्छ राम्रोसँग थाहा छ- प्रधानमन्त्री ओली


  •   आइतबार, चैत ०३, २०७५ मा प्रकाशित
  • विराटनगर । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले विप्लव माओवादीले सरकारले दिएको समयभित्र हतियार नबुझाए सरकारले खोस्ने चेतावनी दिएका छन्।

    Advertisement

    विराटनगर र कटहरी गाउँपालिकाको सीमानामा रहेको फलफूल तथा कृषि बजार उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेकपाप्रति आक्रोश व्यक्त गर्दै विप्लव समूहले चन्दाका नाममा धम्क्याउने र लुटपाट गरिरहेको बताए ।

    कुनै ठाउँमा दर्ता नै नभएको एउटा समूहका नाममा भएको बम पड्काउने, मान्छे मार्ने, धम्क्याउने र लुटपाट मच्चाउने जस्ता आतंकित पार्ने काम विप्लव नेतृत्वको नेकपा समूहबाट भएकोले सरकारले यसलाई प्रतिबन्ध मात्र हैन अब नियन्त्रण गर्ने योजना बनाएको बताए ।

    विद्युत् आयोजनामा बम पड्काउने, टेलिकमका टावरमाथि बम पड्काउने जन्तीबसमा आगो लगाउने काम विप्लव माओवादीले गरिरहेको बताउँदै उनले विप्लवले बाटो नसच्याए सरकारले तह लगाउने पनि बताए । ‘सरकारले हतियार बुझाउन समायवधि दिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘समयमा हतियार नबुझाए, अटेरी गरे के गर्नुपर्छ सरकारलाई राम्रोसँग थाहा छ।’वार्ता समिति बनाएर पटक–पटक वार्ताको लागि आव्हान गर्दासमेत वार्ता नै नगर्ने अडानमा रहेकोले वास्तविक विप्लब समूहको माग नै को हो भन्ने बारेमा उ आफैँ अन्यौलमा रहेको उनको कथन थियो । अहिलेको गतिविधि अनुचित र असंवैधानिक रहेको ओलीको आरोप छ ।

    ‘हिंसात्मक र ध्वंसात्मक गतिविधि नियन्त्रणका लागि सरकारले चालेको कदमप्रति नकारात्मक टिप्पणी गर्ने बुद्धिजीविहरुप्रति दया लागेर आउँछ,’ प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्रमा यस्तो तमासा गर्न पाइँदैन।’ सरकारले यस्ता गतिविधि रोक्न प्रतिबन्ध लगाएपछि केही बुद्धिजीविले नकारात्मक टिप्पणी गरेको विषयमा आफूलाई त्यस्ता बुद्धिजीविप्रति दया लागेको प्रधानमन्त्रीको भनाइ थियो।

    प्रधानमन्त्री ओलीले अब कसैले पनि देशमा लुटपाट र आतङ्क मच्चाउन नपाईने भन्दै लुटपाट र आतङ्क मच्चाउनेहरुलाई सरकारले समयमै ठेगान लगाउने बताए । ‘’ ‘विकास निर्माणका काममा अवरोध गर्ने, त्यहाँ लुटपाट मच्चाउने। यस्ता कुराप्रति अहिलेको सरकार सजग हुन्छ।प्रधानमन्त्री ओलीले भने, संविधानअन्तर्गत शान्तिपूर्ण गतिविधि सबैले गरौँ। असामाजिक, लुटपाट, हिँसात्मक, विध्वंशात्मक गतिविधि गर्न पाइँदैन। त्यो छुट सरकारले दिँदैन।’

    सिके राउतले जनताको अभिमत मान्छु भनेर सरकारसँग सहमति गरेको भन्दै प्रधानमन्त्री ओलीले सहमतिलाई केहीले राष्ट्रघात भनेर आरोपप्रति खण्डन पनि गरे। राउतसँगको सहमतिसँगै विखण्डनवाद समाप्त भएको ओलीको दाबी थियो। प्रधानमन्त्री ओलीले विखण्डनवाद र हिंसाको राजनीति समाप्त भएको भन्दै देश समृद्धिको अभियानमा लागेको पनि बताए।

    आइतबार, चैत ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी आन्दोलनमा षड्यन्त्रपूर्वक संरचना ध्वस्त पारियो : गौतम
    कांग्रेस गुल्मीका कार्यकर्ताद्वारा विशेष महाधिवेशनको माग
    संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि
    संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य
    जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य
    संविधान र संसद्‌बाट नै निकास खोजौं : सूर्य थापा

    लोकप्रिय

    • १.
      धुलो टकटकाउँदै फेरि उठ्नेछौं

    • २.
      लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

    • ३.
      जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

    • ४.
      दाङमा एनआईसी एसिया बैंक सिसहनियाँ शाखामा नक्कली

    • ५.
      गुल्मीमा बिषालु च्याउ खाँदा एकै परिवारका ५

    • ६.
      अवैध लागूऔषधसहित पाँच जना पक्राउ

    भर्खरै

    • १.
      प्यूठानमा आगजनी प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य

    • २.
      २८ बर्ष जागिर गरेर बनाएको घरमा आगजनी भएपछी मुख्यमन्त्रीकी श्रीमतीको आँखामा आसु

    • ३.
      न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

    • ४.
      जेनजी आन्दोलनमा षड्यन्त्रपूर्वक संरचना ध्वस्त पारियो : गौतम

    • ५.
      कांग्रेस गुल्मीका कार्यकर्ताद्वारा विशेष महाधिवेशनको माग

    • ६.
      संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

    • ७.
      लेकवेशीमा सरकारी गाडी कार्यालयमै राख्नुपर्ने

    • ८.
      युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation