काठमाडौं। नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपाल कम्युनिस्ट पार्टी( बिप्लव) लाई सरकारले प्रतिबन्ध लगाउने निर्णय प्रती असन्तुष्टि जनाएका छन। उपाध्यक्ष शाहले मंगलबार सामाजिक संजाल फेस्बुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अब देशले अर्को द्वन्द्वलाई थेग्न नसक्ने समेत उल्लेख गरेका छन। अहिले नेकपाको सरकारले राष्ट्र बिखन्डनमा लागेका सिके राउतलाई राजसी सम्मान दिने र राजनैतिक शक्ति बिप्लवलाई अपराधी देख्ने मानसिकता न्यायोचित नहुने पनि जिकिर गरेका छन। शाहले बिप्लव माओवादीलाई बार्ताबाट समस्याको समाधान खोज्न पनि सरकार सँग आग्रह गरेका छन। शाहले भनेका छन यो देशका राजनीतिक दलहरू,बुद्धिजीबी,नागरिक समाज,मानवाधिकारबादी र संचार माध्यमहरू समेतले यो बिषयमा गंभीर चासो र पहलक़दमि लीन आबस्यकछ।
Advertisement
