• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

  • २. लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

  • ३. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ४. पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

  • ५. मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

  • ६. मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

  • ७. इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

  • ८. राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

  • ९. जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

  • १०. राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

सोनवागढमा पहिलो पटक एरियल फाटोग्राफी:के हो एरियल फाटोग्राफी ?


  •   मङ्गलबार, फागुन २८, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)।शिवराज नगरपालिका ३ भितिरियामा रहेको सोनवागढ क्षेत्रमा पहिलो पटक एरियल फोटोग्राफी गरिएको छ । उपकरणलाई आकाशमा उडाएर सोनवागढ क्षेत्रको फोटो खिचिएको हो । सोनवागढलाई संरक्षण र वास्तविकता वारे वुझनको लागी दुर्हम विश्वविद्यालय बेलाएतका डा मार्क मेनवलले फोटोग्राफी गरेका हुन । सानो आकारको एक मेसिनमा क्यामरा जडान गरि उक्त तस्विरहरु खिचिएको छ । जमिनको सतह,भ वनावट र स्थलहरुको वास्तविक अवस्था खिचिएको फोटो वाट सजिलै पत्ता लगाउन सकिने छ । पुरात्तव विभागका प्रमुख पुरातत्व अधिकृत राम वुहादुर कुवर पनि सहभागी थिए ।
    कपिलवस्तुको चन्द्रौटा बजारदेखि झण्डै ५ किलोमिटर उत्तरतर्फको घना जंगलमा अवस्थित छ सोनवागढ मन्दिर । मन्दिर बौद्धकालीन शाक्यवंशी राजाले सुनको खजाना लुकाएर राखिएको किंवदन्ती अनुसार मन्दिरको नाम सनवागढ राखिएको स्थानीयबासी बताउँछन । संरक्षणको अभावमा मन्दिरमा रहेका पुरातात्विक धेरै बस्तुहरू चोरी भैसकेको छ । मन्दिर एक एतिहासिक भएपनि यसलाई संरक्षण नहुदा चोरी भइरहेको स्थानियहरुको भनाई छ । मन्दिरको पश्चिमि क्षेत्रमा रहेको सुकबेल नदिले प्रत्येक वर्षे मन्दिर क्षेत्र कटान गर्दै आएको छ ।
    मन्दिर परिसरमा ४ वटा अग्लो ढिस्कोहरु रहेका छन । मन्दिरको पश्चिम क्षेत्रमा रहेको ढिस्कोमा केहि वर्ष पहिला मुर्ती फेला परेको थियो सोहि मुर्तीलाई अहिले मन्दिर भित्र राखीएको छ । मन्दिर भित्र रहेको एक गोलाकार ढुगालाई उचालेमा आफुले आटेको पुग्ने विश्वास रहेको छ ।मन्दिर पुग्न २ वटा खोलाहरु तरेर जानुपर्ने हुन्छ । मन्दिर पुग्न सहज नभएका कारण पनि प्रचार प्रसारमा कमि भएको हो । जगल भित्र रहेको मन्दिरलाई व्यवस्थापन गर्न सकेमा राम्रो पर्यटकिय स्थल बनाउन सहज हुने सरोकारवालहरुको भनाई छ । मन्दिरमा एक स्थानिय चौधरीले पुजाआजा गर्दै आएका छन । मन्दिर परिसर सुनसान भएकाले रमणिय क्षेत्र रहेको छ ।
    लुम्विनि विकास कोषले गत पुष १० गते वाट पहिलो पटक उत्खनन गरेको गरेको हो । सोनवागढवाट गुप्तकालिन ईटावाट निर्मीत भग्नावेषहरुले फेला परेका छन ।सो क्षेत्रमा गुप्तकालिन इतिहास स्वरुप भेटिएका भग्नाबशेषहरुको डेटिङ्ग एकिन गर्न परिक्षण गरिने छ ।
    प्रचुर पर्यटकीय सम्भावना बोकेको सोनवागढ मन्दिरमा कोषको पुरातत्व विभागले गत बर्ष देखि नै सोनवागढ मन्दिर क्षेत्रलाई संरक्षण गर्दै आइरहेको थियो । उत्खननको काम सुरु भइसकेपछि जमिन तल केहि महत्वपूर्ण इतिहास भेटिए मन्दिरको महिमा र यस क्षेत्रको विकास हुने स्थानीयले आशा गरेका छन । हजारौं वर्ष पुरानो तथा धार्मीक धरोहरका रूपमा रहेको सोनवागढ मन्दिरको महत्व बढ्दै गए पनि यस क्षेत्रलाई अझै प्रचार प्रसारमा ल्याउन र मन्दिरको वास्तविक इतिहास पत्ता लगाउन उत्खननले सहयोग पुर्याउने विश्वास रहेको छ । उत्खननका क्रममा १३ सय पुराना एतिहासिक संरचना यस क्षेत्रमा मात्र पाइएको छ ।
    प्रदेश नं. ५ का प्रदेश सभा सखस्य अर्जुन कुमार के.सीले सोनवागढ मन्दिर क्षेत्रमा उत्खनन तथा संरक्षणको लागी पहल गरेका हुन । १३ सय पुराना एतिहासिक संरचना यस क्षेत्रमा मात्र पाइएको केसीले दावी गरे । उत्खननको काम सुरु भए देखि नै जनमानसमा सनवागढ भन्ने प्रचारमा आइ सकेको केसीको भनाई छ । “यसको इतिहास तथा धार्मिक महत्वबारे प्रारम्भिक चरणमा गुप्तकालिन इतिहास भेटिनु गौरवको करा हो” सांसद केसीले भने –पहिलो पटक उत्खनन भया,े भुभौतिक सर्वे गरियो अहिले एरियल फोटोग्राफी गरियो ।
    सांसद केसीले अर्का वर्ष पनि उत्खननको काम निरन्तरता हुने जनाए । स्थानिय तह,प्रदेश र संघिय सरकारमा समेत सोनवागढको विषयमा गम्भीर रुपमा लिनको लागी सवैमा आव्हान गरे ।
    के हो एरियल फाटोग्राफी ?
    सामान्य ४ किलोग्रामजतिको एउटा उपकरण । काम भने ठूलै गर्छ । विमान वा हेलिकप्टरबाट खिच्नुपर्ने ’एरियल भ्यू’ यही उपकरण ’अनम्यान्ड एरियल भेहिकल’ बाट खिचिन्छ ।
    ड्रोनसमेत भनिने यस उपकरणको प्रयोग गरेर अहिले बुद्धस्थल तिलौराकोटलगायतका ऐतिहासिक र पुरातात्विक ठाउँको हवाइ दृश्य खिचिँसकिएको छ । मंगलवार शिवराजनगरपालिका ३ भितिरियामा रहेको सोनवागढ क्षेत्रमा पनि यहि सामाग्री वाट फोटो खिचिएको हो ।
    ४ वटा पंखा भएको सानो ड्रोनमा तल फर्काएर क्यामरा जडान गर्छन् । त्यसपछि ४० दशमलव आठ भोल्टका दुई ब्याट्रीको ऊर्जाले उक्त ड्रोनलाई आकाशतर्फ उडाउँछन् । अनि एरियल फोटोग्राफी विशेषज्ञले रिमोटबाट उचाइ मिलाउँदै तल जमिनको तस्बिरहरू खिच्छन् । माथिबाट क्यामराले खिचेका तस्बिरहरू तल उपकरणमा देखिन्छ, ् ।
    यस्तो ड्रोनबाट जमिनदेखि एक मिटरदेखि ५ सय मिटर माथिसम्मको एरियल फोटोग्राफी गर्न सकिन्छ । सबैभन्दा राम्रो तस्बिर ५० मिटरबाट आउँछ । यो उपकरणले प्रत्येक दुई सेकेन्डमा एउटा तस्बिर खिच्छ ।
    बुद्धस्थलका हवाइ दृश्य खिच्नुका साथै टोपोग्राफी नक्सा बनाइरहेका छन् । बेलायतको डुर्हाम युनिर्भ्सिटी, युनेस्को, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्त्वविद् संलग्न टोलीद्वारा भइरहेको तिलौराकोट उत्खनन अन्वेषण परियोजनाअन्तर्गत यी कामहरू भइरहेका हुन् । तिलौराकोट भइरहेको अवस्थामा प्रदेस सांसद अर्जुन केसीको पहलमा भितिरियामा पनि फोटोग्रफि गरिएको हो ।
    ड्रोनमा जीपीएस उपकरण पनि जोडिएकाले त्यसबाट अक्षांश देशान्तर रेखासहितको तस्बिर निकाल्न र टोपोग्राफी नक्सा बनाउन सकिन्छ । नक्साले कुन ठाउँ अग्लो छ वा कुन ठाउँ होचो छ भन्ने सबै देखिन्छ । कारणबस पुरातात्त्विक स्थल नासिए वा पुरिए पनि यस्तो नक्साले ठाउँ पत्ता लगाउन सकिन्छ । यसैका आधारमा पछि ठाउँको खोज र अनुसन्धान गर्न सकिन्छ ।
    सरोकारवाल भन्छन ‘संरक्षण हुनुपर्छ’
    शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले सोनवागढ शिवगढी नगरका चिनारी रहेको वताए । सानोवागढ एतिहासिक तथा पुरातत्विक रहेको भन्दै यसको संरक्षणमा सवै लाग्नुपर्ने जनाए । पर्यटकिय स्थलहरको प्रचार प्रसारको लागी नगरपालिकाले विभिन्न योजनाहरु ल्याएको भन्दै स्थानियहरुको साथ र सहयोग आवश्यक रहने वताए । शिराज नगरपालिका वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले सोनवागढ आवत जावत गर्न कठिन रहेकोले यस वर्ष २ वटा झुलुंगे पुल निमार्ण हुने वताए ।
    सोनवागढ मन्दिर परिसरलाई व्यवस्थि बनाई पर्यटकको आगमनलाई वढाउन प्रयास गरिरहेको वताए । सोनवागढ उत्खनन पश्चात सोनवागढ घुम्न आउनेहरुको सख्यामा केहि वढी भएको समेत उनले जनाए । व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलले राज्य समृद्धको नारा लिइरहेको बेलम पर्यटक स्थल तथा एतिहासिक स्थल संरक्षणमा ध्यान दिनुपर्ने तर्क राखे । शिवराज नगरपालि विकास सगै नगर भित्र रहेका पर्यटकिय स्थलहरुको प्रचार प्रसार र उचित संरक्षणको लागी तिन वटै तहले सहयोग गर्नुपर्ने वताए ।
    उद्योग वाणिज्य संघ चन्द्रौटाका वरिष्ट उपाध्यक्ष ईश्वरी पाण्डेले सोनवागढ एतिहासि स्थल रहेकोले यसको महत्व छुटै रहेको वताए । धार्मीक आस्थाको समेत केन्द्रविन्दु रहेको सोनवागढलाई पर्यटकहरुको गन्तव्य बनाउनुपर्नेमा जोड दिए । शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल,इलाका प्रशासन कार्यलयका साखा अधिकृत जगदिश अर्याल,शिवराज जेसिसका अध्यक्ष सरोज पौडेल,युवा नेता गणेश केसी लगाएतले एतिहासिक स्थल सोनवागढ क्षेत्रको संरक्षण हुनुपर्नेमा जोड दिए ।

    Advertisement

    मङ्गलबार, फागुन २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ
    राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण
    वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति
    मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा
    ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत
    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता

    • २.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन

    • ३.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई

    • ४.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ५.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २०

    • ६.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    भर्खरै

    • १.
      दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

    • २.
      नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

    • ३.
      विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    • ४.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

    • ५.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    • ६.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • ७.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ८.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...