• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

लोकप्रिय समाचार

  • १. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • २. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ३. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ४. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ५. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ६. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ७. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ८. झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • ९. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • १०. चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

सोनवागढमा पहिलो पटक एरियल फाटोग्राफी:के हो एरियल फाटोग्राफी ?


  •   मङ्गलबार, फागुन २८, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)।शिवराज नगरपालिका ३ भितिरियामा रहेको सोनवागढ क्षेत्रमा पहिलो पटक एरियल फोटोग्राफी गरिएको छ । उपकरणलाई आकाशमा उडाएर सोनवागढ क्षेत्रको फोटो खिचिएको हो । सोनवागढलाई संरक्षण र वास्तविकता वारे वुझनको लागी दुर्हम विश्वविद्यालय बेलाएतका डा मार्क मेनवलले फोटोग्राफी गरेका हुन । सानो आकारको एक मेसिनमा क्यामरा जडान गरि उक्त तस्विरहरु खिचिएको छ । जमिनको सतह,भ वनावट र स्थलहरुको वास्तविक अवस्था खिचिएको फोटो वाट सजिलै पत्ता लगाउन सकिने छ । पुरात्तव विभागका प्रमुख पुरातत्व अधिकृत राम वुहादुर कुवर पनि सहभागी थिए ।
    कपिलवस्तुको चन्द्रौटा बजारदेखि झण्डै ५ किलोमिटर उत्तरतर्फको घना जंगलमा अवस्थित छ सोनवागढ मन्दिर । मन्दिर बौद्धकालीन शाक्यवंशी राजाले सुनको खजाना लुकाएर राखिएको किंवदन्ती अनुसार मन्दिरको नाम सनवागढ राखिएको स्थानीयबासी बताउँछन । संरक्षणको अभावमा मन्दिरमा रहेका पुरातात्विक धेरै बस्तुहरू चोरी भैसकेको छ । मन्दिर एक एतिहासिक भएपनि यसलाई संरक्षण नहुदा चोरी भइरहेको स्थानियहरुको भनाई छ । मन्दिरको पश्चिमि क्षेत्रमा रहेको सुकबेल नदिले प्रत्येक वर्षे मन्दिर क्षेत्र कटान गर्दै आएको छ ।
    मन्दिर परिसरमा ४ वटा अग्लो ढिस्कोहरु रहेका छन । मन्दिरको पश्चिम क्षेत्रमा रहेको ढिस्कोमा केहि वर्ष पहिला मुर्ती फेला परेको थियो सोहि मुर्तीलाई अहिले मन्दिर भित्र राखीएको छ । मन्दिर भित्र रहेको एक गोलाकार ढुगालाई उचालेमा आफुले आटेको पुग्ने विश्वास रहेको छ ।मन्दिर पुग्न २ वटा खोलाहरु तरेर जानुपर्ने हुन्छ । मन्दिर पुग्न सहज नभएका कारण पनि प्रचार प्रसारमा कमि भएको हो । जगल भित्र रहेको मन्दिरलाई व्यवस्थापन गर्न सकेमा राम्रो पर्यटकिय स्थल बनाउन सहज हुने सरोकारवालहरुको भनाई छ । मन्दिरमा एक स्थानिय चौधरीले पुजाआजा गर्दै आएका छन । मन्दिर परिसर सुनसान भएकाले रमणिय क्षेत्र रहेको छ ।
    लुम्विनि विकास कोषले गत पुष १० गते वाट पहिलो पटक उत्खनन गरेको गरेको हो । सोनवागढवाट गुप्तकालिन ईटावाट निर्मीत भग्नावेषहरुले फेला परेका छन ।सो क्षेत्रमा गुप्तकालिन इतिहास स्वरुप भेटिएका भग्नाबशेषहरुको डेटिङ्ग एकिन गर्न परिक्षण गरिने छ ।
    प्रचुर पर्यटकीय सम्भावना बोकेको सोनवागढ मन्दिरमा कोषको पुरातत्व विभागले गत बर्ष देखि नै सोनवागढ मन्दिर क्षेत्रलाई संरक्षण गर्दै आइरहेको थियो । उत्खननको काम सुरु भइसकेपछि जमिन तल केहि महत्वपूर्ण इतिहास भेटिए मन्दिरको महिमा र यस क्षेत्रको विकास हुने स्थानीयले आशा गरेका छन । हजारौं वर्ष पुरानो तथा धार्मीक धरोहरका रूपमा रहेको सोनवागढ मन्दिरको महत्व बढ्दै गए पनि यस क्षेत्रलाई अझै प्रचार प्रसारमा ल्याउन र मन्दिरको वास्तविक इतिहास पत्ता लगाउन उत्खननले सहयोग पुर्याउने विश्वास रहेको छ । उत्खननका क्रममा १३ सय पुराना एतिहासिक संरचना यस क्षेत्रमा मात्र पाइएको छ ।
    प्रदेश नं. ५ का प्रदेश सभा सखस्य अर्जुन कुमार के.सीले सोनवागढ मन्दिर क्षेत्रमा उत्खनन तथा संरक्षणको लागी पहल गरेका हुन । १३ सय पुराना एतिहासिक संरचना यस क्षेत्रमा मात्र पाइएको केसीले दावी गरे । उत्खननको काम सुरु भए देखि नै जनमानसमा सनवागढ भन्ने प्रचारमा आइ सकेको केसीको भनाई छ । “यसको इतिहास तथा धार्मिक महत्वबारे प्रारम्भिक चरणमा गुप्तकालिन इतिहास भेटिनु गौरवको करा हो” सांसद केसीले भने –पहिलो पटक उत्खनन भया,े भुभौतिक सर्वे गरियो अहिले एरियल फोटोग्राफी गरियो ।
    सांसद केसीले अर्का वर्ष पनि उत्खननको काम निरन्तरता हुने जनाए । स्थानिय तह,प्रदेश र संघिय सरकारमा समेत सोनवागढको विषयमा गम्भीर रुपमा लिनको लागी सवैमा आव्हान गरे ।
    के हो एरियल फाटोग्राफी ?
    सामान्य ४ किलोग्रामजतिको एउटा उपकरण । काम भने ठूलै गर्छ । विमान वा हेलिकप्टरबाट खिच्नुपर्ने ’एरियल भ्यू’ यही उपकरण ’अनम्यान्ड एरियल भेहिकल’ बाट खिचिन्छ ।
    ड्रोनसमेत भनिने यस उपकरणको प्रयोग गरेर अहिले बुद्धस्थल तिलौराकोटलगायतका ऐतिहासिक र पुरातात्विक ठाउँको हवाइ दृश्य खिचिँसकिएको छ । मंगलवार शिवराजनगरपालिका ३ भितिरियामा रहेको सोनवागढ क्षेत्रमा पनि यहि सामाग्री वाट फोटो खिचिएको हो ।
    ४ वटा पंखा भएको सानो ड्रोनमा तल फर्काएर क्यामरा जडान गर्छन् । त्यसपछि ४० दशमलव आठ भोल्टका दुई ब्याट्रीको ऊर्जाले उक्त ड्रोनलाई आकाशतर्फ उडाउँछन् । अनि एरियल फोटोग्राफी विशेषज्ञले रिमोटबाट उचाइ मिलाउँदै तल जमिनको तस्बिरहरू खिच्छन् । माथिबाट क्यामराले खिचेका तस्बिरहरू तल उपकरणमा देखिन्छ, ् ।
    यस्तो ड्रोनबाट जमिनदेखि एक मिटरदेखि ५ सय मिटर माथिसम्मको एरियल फोटोग्राफी गर्न सकिन्छ । सबैभन्दा राम्रो तस्बिर ५० मिटरबाट आउँछ । यो उपकरणले प्रत्येक दुई सेकेन्डमा एउटा तस्बिर खिच्छ ।
    बुद्धस्थलका हवाइ दृश्य खिच्नुका साथै टोपोग्राफी नक्सा बनाइरहेका छन् । बेलायतको डुर्हाम युनिर्भ्सिटी, युनेस्को, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्त्वविद् संलग्न टोलीद्वारा भइरहेको तिलौराकोट उत्खनन अन्वेषण परियोजनाअन्तर्गत यी कामहरू भइरहेका हुन् । तिलौराकोट भइरहेको अवस्थामा प्रदेस सांसद अर्जुन केसीको पहलमा भितिरियामा पनि फोटोग्रफि गरिएको हो ।
    ड्रोनमा जीपीएस उपकरण पनि जोडिएकाले त्यसबाट अक्षांश देशान्तर रेखासहितको तस्बिर निकाल्न र टोपोग्राफी नक्सा बनाउन सकिन्छ । नक्साले कुन ठाउँ अग्लो छ वा कुन ठाउँ होचो छ भन्ने सबै देखिन्छ । कारणबस पुरातात्त्विक स्थल नासिए वा पुरिए पनि यस्तो नक्साले ठाउँ पत्ता लगाउन सकिन्छ । यसैका आधारमा पछि ठाउँको खोज र अनुसन्धान गर्न सकिन्छ ।
    सरोकारवाल भन्छन ‘संरक्षण हुनुपर्छ’
    शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले सोनवागढ शिवगढी नगरका चिनारी रहेको वताए । सानोवागढ एतिहासिक तथा पुरातत्विक रहेको भन्दै यसको संरक्षणमा सवै लाग्नुपर्ने जनाए । पर्यटकिय स्थलहरको प्रचार प्रसारको लागी नगरपालिकाले विभिन्न योजनाहरु ल्याएको भन्दै स्थानियहरुको साथ र सहयोग आवश्यक रहने वताए । शिराज नगरपालिका वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले सोनवागढ आवत जावत गर्न कठिन रहेकोले यस वर्ष २ वटा झुलुंगे पुल निमार्ण हुने वताए ।
    सोनवागढ मन्दिर परिसरलाई व्यवस्थि बनाई पर्यटकको आगमनलाई वढाउन प्रयास गरिरहेको वताए । सोनवागढ उत्खनन पश्चात सोनवागढ घुम्न आउनेहरुको सख्यामा केहि वढी भएको समेत उनले जनाए । व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलले राज्य समृद्धको नारा लिइरहेको बेलम पर्यटक स्थल तथा एतिहासिक स्थल संरक्षणमा ध्यान दिनुपर्ने तर्क राखे । शिवराज नगरपालि विकास सगै नगर भित्र रहेका पर्यटकिय स्थलहरुको प्रचार प्रसार र उचित संरक्षणको लागी तिन वटै तहले सहयोग गर्नुपर्ने वताए ।
    उद्योग वाणिज्य संघ चन्द्रौटाका वरिष्ट उपाध्यक्ष ईश्वरी पाण्डेले सोनवागढ एतिहासि स्थल रहेकोले यसको महत्व छुटै रहेको वताए । धार्मीक आस्थाको समेत केन्द्रविन्दु रहेको सोनवागढलाई पर्यटकहरुको गन्तव्य बनाउनुपर्नेमा जोड दिए । शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल,इलाका प्रशासन कार्यलयका साखा अधिकृत जगदिश अर्याल,शिवराज जेसिसका अध्यक्ष सरोज पौडेल,युवा नेता गणेश केसी लगाएतले एतिहासिक स्थल सोनवागढ क्षेत्रको संरक्षण हुनुपर्नेमा जोड दिए ।

    Advertisement

    मङ्गलबार, फागुन २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वडाध्यक्ष तीन लाख घुससहित पक्राउ
    कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    दाङमा बाघको छालासहित तीन जना पक्राउ
    नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु
    पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    लोकप्रिय

    • १.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • २.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको

    • ४.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ५.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ६.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    भर्खरै

    • १.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • २.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    • ३.
      गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

    • ४.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • ५.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • ६.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ७.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    • ८.
      सडकको बीचमै बिजुलीको पोल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...