Advertisement
सागर थापा /कृष्ण चौधरी,नेपालगंज। बाँकेको राप्तिसोनारी गाउँपालिका वडा न. ६ सिधनवामा शनिबार दिउँसो धान कुटाउने मिलको धुरामा सल बेरिएर एक महिलाको मृत्यु भएको छ । ‘सिधनवा राईस मिल’ मा धान कुटाउन गएकी राप्तिसोनारी – ६, सिधनवाका अबिराज थारुको श्रीमती २८ बर्षिय स्मृती थारुको मिलको धुरामा आफुले ओडेको सल बेरिएर शनिबार दिउँसो करिव साढे चार बजेतिर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र बिकेले बताए । उनका अनुसार मृतकको शबलाई पोस्टमार्टमका लागि भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा पठाईएको छ ।