दाङ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका–१ नर्ती नजिक मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । लमहीबाट डोढहीका लागि छुटेको रा ५ प १७९३ नम्बरको मोटरसाइकल पावरट्रिलमा ठोक्किँदा मोटरसाइकल चालक लमही–२ निवासी २० वर्षका सुशील चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । लमही अस्पतालमा उपचारको क्रममा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पावरट्रिलर चालक बुद्धिराम चौधरी र मोटरसाइकलको पछाडि सवार राप्ती गाउँपालिका–६ निवासी अमिस चौधरी घाइते भएका छन् ।दुईजनाको लमहीमा प्राथमिक उपचारपछि थप उपचारको लागि बुटवल लगिएको छ । दुर्घटना स्थल अस्थायी प्रहरी पोष्ट सामुन्ने भए पनि प्रहरीले घटना भएको अबेर मात्रै थाहा पाएको थियो ।
Advertisement