सल्यान । सल्यानमा लागूऔषध मुद्दामा फरार प्रतिवादी १४ बर्षपछि पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाको कुमाख गाउँपालिका–१ का ५० वर्षीय पूर्णबहादुर बुढाथोकीलाई १४ बर्ष पछि पक्राउ गरेको हो । लागूऔषध मुद्धाका प्रतिबादी बुढाथोकी पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१ मा लुकिछिपी बस्दै आएका थिए। बुढाथोकीलाई चौरजहारीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ।जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले जिल्ला अदालतमार्फत जिल्ला कारागार सल्यानमा उनलाई चलान गरिएको जानकारी दिए । बुढाथोकीलाई २०६१ सालमा बाँके जिल्ला अदातलले दुई वर्ष दुई महिना र १५ हजार रुपैयाँ जरिवाना र २०६५ सालमा पुन एक वर्ष १० महिना कैदको फैसला गरेको थियो ।अभियुक्तले अब दुई पटकको फैसला अनुसार ४ वर्ष १ महिना ६ दिनको कैद भुक्तान गर्नुपर्ने प्रहरीले जनाएको छ ।
लागूऔषध मुद्धाका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ
लागूऔषध मुद्धाका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ
Advertisement
तपाईको प्रतिक्रिया