बाँके – बाँकेमा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अविनाश बोहरा र अमरसिंह रौतेलालाई आइतबार नेपालगञ्जमा सम्मान गरिएको हो ।जेएमसी नेपालगञ्ज नगर क्रिकेट क्लबले आयोजना गरेको कार्यक्रममा अविनाशलाई नगद २१ हजार र रौतेलालाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको हो । क्रीकेट खेलाडीद्धय बोहरा र रौतेलालाई शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सम्मान गरेका हुन । रौतेला प्रदेश ५ हुँदै हाल सशस्त्र प्रहरीको एपीएफबाट खेल्दै आएका छन् । यसैगरी कार्यक्रममा राष्ट्रिय टोलीका सदस्य बोहरालाई ‘जेएमसी आइस’ पानीको ब्राण्ड एम्बेष्डर घोषणा गरिएको छ ।
Advertisement