दाङ– गुडिरहेको ट्याक्टरको ट्रालीबाट खस्दा दाङमा १ जनाको मृत्यु भएको छ ।
जिल्लाको तुलसीपुरबाट फुलवारीतर्फ जाँदै गरेको रा १ त ३६३३ नं.को ट्याक्टरको ट्रालीबाट खसेर तुलसीपुर ८ अस्वारा निवासी २६ बर्षीय जीतबहादुर चौाधरीको मृत्यु भएको प्रहरीले बताएको छ। ट्याक्टरको ट्रालीबाट खसेका उनलाई टायरले च्याप्दा ज्यान गएको हो।
ट्याक्टरको ट्रालीमा सवार सोही ट्याक्टरका सहचालक खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
Advertisement