पोखरा। पोखराको सराङकोटबाट उडेको प्याराग्लाडिङ फेवातालमा खसेर दुर्घटना हुँदा रोमानियाली पर्यटकको ज्यान गएको छ। विहान साडे ११ बजेतिर उडान भरेको उक्त प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सिधै तालमा खसेको प्रहरीले जनाएको छ । गंभिर अबस्थामा रहेका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
Advertisement
घाईते हुनेमा अन्दाजी ४०, ४५ वर्षका ईदे सिस जेर रहेको शसस्त्र प्रहरी विजय चापागाईँले जानकारी दिए । तालमा खसेको प्याराग्लाडिङको उद्धारका लागि बाराही घाटमा अवस्थित मोटर बोट सहित उद्धारका लागि शसस्त्र प्रहरी, स्थानी र प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरेको हो । उद्धारमा स्थनीय डुङ्गा व्यवसायीले पनि सहयोग गरेका थिए ।
दुर्घटनामा घाईते भएका प्यारा पाईलटलाई मेट्रोसिटी अस्पताल पोखरामा ल्याईएको थियो ।