पोखरा- कास्कीको माछापुच्छ्रे गाउँपालिका- २ च्याङ्लुङ्मा दुई समूहका युवाबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । ग्याङफाइटमा दुई जना घाइते भएका छन् ।
दुई समूहका युवाबीच भएको झगडामा पोखरा महानगरपालिका- १६ लामाचौरका २२ वर्षीय मनोज गर्बुजाको मृत्यु भएको प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी नायव उपरिक्षक गोविन्द्र पुरीले जानकारी दिए । झगडामा घाइते भएका तीन जनालाई उपचारको लागि अस्पताल ल्याएकोमा मनोजको भने उपचारको क्रममा मृत्यु भएको हो ।
पोखरा महानगरपालिका- १६ लामाचौरका २६ वर्षीय लालबहादुर गुरुङ र १८ वर्षीय शिव बाँनिया घाइते भएका छन् । उनीहरूको पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
झगडामा संलग्न रहेको आशंकामा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई समूहबीच भएको झगडाको कारण भने खुलेको छैन ।
Advertisement