माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)।कपिलवस्तुको शिवराज नगरपालिकाका सवै वडाहरुमा किशोरी समुह गठन गरिएको छ । माघ २० गते वटा सुरु गरिएको गठन पकृयालाई फागुन १६ गते समापन गरिएको छ । सवै वडाका किशोरीहरुले आ आफ्नो वडामा र्याली निकाली हिंसा विरुद्धको नारा लगाई समिति गठन गरेका हुन ।
शुक्रवार शिवराज नगरपालिका वडा न ६ मा र्याली गरी दाइजो प्रथा अन्त्य गरौ,वालश्रम नगरौ,बालविवाह समाजको रोग हो लगाएतका नाराहरु किशोरीहरुले लगाएका थिए । समुह गठनको अभियानलाई समापन गर्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले विभेदलाई घर वाटै अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरे । बालविवाह,दाईजो प्रथाले समाजलाई ठुलो असर गर्ने भन्दै यस्ता विषयमा सजग हुनुपर्ने वताए । एक दिन कार्यक्रम गरेर अन्त्य हुदैन यसलाई सवैले आ आफ्नो घर वाटै सुरुवात गर्न जरुरी छ अधिकारीले भने ।
सिमानाका क्षेत्र रहेकोले यस क्षेत्रका किशोरीहरु बेचविखनको सिकारमा परेकाले सचेत हुनुपर्ने धारणा राखे । र्यालीको पछी भएको उक्त कार्यक्रममा अधिकारीले शिवराज नगरपालिकामा विभिन्न जातजातीका मानिसहरुको बसोवास रहेकोले सवैले भाईचाराको सम्वन्ध स्थापित गर्नुपर्ने जनाए ।
शिवराज नगरपालिका वडा न १ मा हसिना थारुको अध्यक्षतामा ५० सदस्य नमुना किशोरी समुह गठन गरिएको छ । त्यस्तै २ न वडामा उसा चौधरीको अध्यक्षता पm्लोरेन्स नाईटेङगेल किशोरी समुह,वडा ३ मा कल्पना भरको अध्यक्षतामा स्वर्गद्धारी किशोरी समुह,वडान ४ मा श्रीष्ठी आलेको अध्यक्षतामा डाफेमुनाल किशोरी समुह,वडा न ५मा रंक्षा मैर्यको अध्यक्षतामा उंमगशिल किशोरी समुह गठन भएको छ । वडा न ६ मा मिना यादवको अध्यक्षतामा सगरमाथा किशोरी समुह,वडा न ७ मा सुमन धोवीको अध्यक्षता उन्नतीशिल किशोरी समुह,वडा न ८ मा मन्सा पाण्डेको अध्यक्षतामा भृकुटी किशारी समुह, वडा न ९ मा निशा गिरीको अध्यक्षतामा पारिजात किशोरी समुह,वडा न १० मा शुशिला देवी नाउको अध्यक्षतामा लालिगुरास किशोरी समुह र वडा न ११ मा पुजा कुवरको अध्यक्षतामा दुर्गा भगवती किशोरी समुह गठन भएको महिला तथा वालवालिका शाखा प्रमुख शारदा गुप्ताले वताइन ।
शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुलाई किशोरीहरुले गुनासो समेत राखेका छन । वडा भित्र रहेको विद्यालयहरु किशोरी मैत्री नहुनु दुख कुरा रहेको उपप्रमुख थारुले वताईन । किशोरीहरुलाई विद्यालयमा प्याडको व्यवस्था गर्ने प्रतिवद्धता गरिन ।
समाजलाई सचेत बनाउन किशोरीहरु सकृयरुपमा काम गर्ने शिवराज नगरपालिका सामाजिक शाखा प्रमुुख देव भण्डारीले वताए । “किशोरीहरुका हक अधिकार र समस्या बारे किशोरी हरु नै अब आवाज उठाउने छन त्यसवारे नगरपालीकाले प्रशिक्षण दिने छ”–भण्डारीले भने ।
किशोरी मिना यादवले किशोरीहरुमा रहेका समस्याहरुलाई अव सरोकारवाला सम्म पुर्याउने वताइन । विद्यालयहरुको शौचालयहरुको अवस्था नाजुक र विद्यालयको व्यवस्थापनको लापरवाही रहेको भन्दै किशोरीहरुलाई समस्या हुने गरेको दुखेसो पोखीन ।
हिंसा न्युनिकरण गर्न किशोरी समुह गठन
हिंसा न्युनिकरण गर्न किशोरी समुह गठन
Advertisement
तपाईको प्रतिक्रिया