म्याग्दी । म्याग्दी जिल्लाकी राम्रोसँग बोल्न र हिँड्न समेत नसक्ने एक ८१ बर्षीया बृद्धा बलात्कारको सिकार भएकी छिन। जिल्ला को रघुगंगा गाउँपालिका, ३ राखुपिप्लेकी ८१ वर्षीय वृद्धा बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार शुक्रबार राति १० बजे आफ्नै घरमा स्थानीय ३५ वर्षीय गोरे परियारले ती अशक्त वृद्धालाई बलात्कार गरेको बताएको छ।बलात्कारमा संलग्न आरोपित गोरे परियारलाई भाग्न लागेको अवस्थामा छिमेकीले समातेर प्रहरीको जिम्मा लगाएको हुन। राति घरभित्र वृद्धा मात्रै सुतेको अवस्थामा परियारले एक्लै भएको मौका छोपी बलात्कार गरेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार वृद्धा मात्र सुतेको घरभित्र वृद्धाले अस्वभाविक आवाज निकालेपछि छेवैका घरमा बस्ने नातिनीले हेर्दा बलात्कार गर्न लागेको देखेपछि उनले छिमेकीलाई खबर गरेकी थिइन् । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।
म्याग्दीमा ८१ वर्षीय वृद्धा बलात्कृत
म्याग्दीमा ८१ वर्षीय वृद्धा बलात्कृत

Advertisement
तपाईको प्रतिक्रिया