Advertisement
धादिङ । धादिङको गल्छी गाउँपालिका – ५ ताल्चोकमा गाडीको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । पार्किङ गर्नका ल्याईएको बा २० च ६२२१ नम्बरको बोलेरो जीपले ठक्कर दिँदा स्थानीय ४६ वर्षीय कान्छी तामाङ र गल्छी – ४ की ३५ वर्षीय जमुना भूजेलको मृत्यु भएको हो ।घटनामा गल्छी – ५ की ३६ वर्षीय धनकुमारी तामाङ घाइते भएको प्रहरीले जनाएको छ । उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ । तीनजना गफ गरेर बसेका बेला पार्किङ गर्ने क्रममा जीपले ठक्कर दिएको धादिङ्गका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । ठक्कर दिने गाडीका चालक फरार छन।