काठमाडौं। ललितपुरको नख्खुमा रहेको एनसेलको केन्द्रीय कार्यालयमा बम विस्फोट भएको छ । एनसेल मुख्यालयको गेटमा शुक्रबार साँझ अज्ञात समूहले बम बिस्फोट गराएको हो । एनसेलको मुख्यालय गेटको अगाडि ठुलो आवाजसहित भएको बिस्फोटले वरिपरिका अधिकांश घरका सिसा फुटेका छन्।
बम बिस्फोटमा परी बाटो हिड्दै गरेका ३ जना घाइते भएका छन्।घटनामा परी २७ वर्षिय प्रतिक्षा खड्का र अन्य २ जनाको नाम नखुलेको व्यक्ति घाइते भएका हुन्। उनीहरूको अल्का अस्पतालमा उपचार भइरहेको छ।
Advertisement
महानगरीय अपराध महाशाखा र प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोली समेत घटनास्थल पुगेर अनुसन्धान थालेको छ । यसअघि विहीबार राति बाग्लुङमा पनि एनसेल टावरमा आगजनी भएको थियो ।
