रुकुम पूर्व –शौचालय निर्माणको बिषयमा बिवाद हुँदा रुकुम पुर्वमा जनप्रतिनिधिबाटै एक महिला कुटिएकी छिन् । भवन निर्माण उपभोक्ता समितिकी महिला सदस्य जयपुरी बुढाले आफुलाई वडा अध्यक्षले कुटेको बताएकी छन् ।आफ्नै पार्टीबाट निर्वाचित रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ का वडाअध्यक्षले हेलमेटले हानेको बढाले बताएकी हुन् ।गाउँपालिकाको सहयोगमा ५ लाख लगानीमा निर्माण गर्न थालिएको महिला भवनको चर्पीको खाल्डो स्टमेट अनुसार नभएको भन्ने वडा अध्यक्षको भनाईमाथी छलफल हुदै गर्दा वडा अध्यक्षले हेल्मेटले टाउकोमा हानेर एक्कासी आफुमाथी आक्रमण गरेको पिडित महिलाले बताएकी छिन् ।
‘वडाध्यक्षको आक्रमणबाट बुढाको टाउकोमा नीलडाम छ, आँखामा असर परेको छ। अहिले रुकुमकोटमा रहेको अस्पतालमा उपचार गराइरहेको र न्यायका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा निवेदन दिएको उनले बताईन ।
वडाध्यक्ष जयकुमार बुढाले प्राविधिक स्टमेटअनुसार महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठाको चर्पी निर्माण गर्नुपर्ने र खाल्डो पनि गहिरो हुनुपर्ने भए पनि त्यसो हुन नसकेकोमा आपत्ति जनाउँदा विवाद भएको तर हातपात नगरेको बताएका छन ।
विवादका क्रममा उपभोक्ता समितिका पदाधिकारीहरुले उल्टै आफूमाथि ढुंगामुढा गरेको आरोप लगाउँदै उहाँले आफू जोगिन खोज्दा कसैलाई धकेलिएको हुन सक्ने भन्दै आफ्नो बचाउ गर्नुभएको छ । वडाध्यक्षले उपभोक्ता समितिको मनपरिमाथि सरकारको तर्फबाट अनुगमन गर्दा उल्टै आक्रमण भएको भन्दै आफुले कसैलाई पनि आक्रमण नगरेको दावी गरेका छन् ।। विवाद इलाका प्रहरी कार्यालय तकसेरा हुँदै हाल जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वसम्म पुगेको छ ।पीडित महिलाले आफूमाथि योजनाबद्ध आक्रमण भएको भन्दै क्षतिपूर्तिको माग गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र खड्काले कुटपिटको उजुरी आएकोले आजै दुवै पक्षलाई बोलाएर छानबिन गरिने जानकारी दिए ।