डोल्पा । हिमाली जिल्ला डोल्पामा ४० वर्षीया एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।जिल्लाको काइके गाउँपालिका–२ की शान्ति बुढालाई हेलिकप्टरबाट उद्धार गरिएको हो। घरमै सुत्केरी व्यथाले च्यापेपनि सुत्केरी हुन नसकेर छटपटिएकी उनलाई सदरमुकाम दुनैबाट हेलिकप्टरमा उद्धार गरिएको हो ।जिल्ला प्रहरी कार्यालयले बताए अनुसार बुढालाई राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उपचारका लागि बाँकेको कोहलपुर लगिएको छ ।
Advertisement