सागर थापा / महेन्द्र सिंह,बांके। प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएका बोइलर कुखुराको ४ हजार चल्लासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नागरिक अमिन सिद्धिकी र ललो गौतम अवैध कुखुराका चल्लासहित कोहलपुरवाट पक्राउ परेका हुन।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरको कमाण्डमा खटिएको टोलीले अवैध रुपमा भित्र्याइएका कुखुराका चल्लासहित उनिहरुलाई पक्राउ गरिएको हो ।आइतबार बिहान प्रहरी टोलीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको अवस्थामा कोहलपुरको एनसीसीएनबाट ४ हजार बढी बोइलर कुखुराका चल्लासहित २ जनालाई नियन्त्रणमा लिएको छ ।चल्लासहित उनीहरुलाई आवश्यक अनुसन्धानपछि पशु क्वारेन्टाइन भन्सार कार्यालय नेपालगञ्ज पठाएको प्रहरी निरीक्षक राठौरले जानकारी दिएका छन ।
Advertisement