टेक बहादुर पुन,दाङ। दाङमा यात्रुबहाक बस दुर्घटना भएको छ्। बस एक आपसमा ठोक्किदा ४२ जना यात्रु घाईते भएका छन् । भने तिनजनाको अबस्था गम्भीर छ ।
अाज दाङ्गको दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा दुईवटा यात्रुबहाक बस अापसमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।।तुलसीपुरबाट पश्चिम जाँदै गरेको रा १ ख १७७० नम्बरको बस र शान्तिनगरको खैरेनीबाट तुलसीपुरको उरहरी आउँदै गरेको ना ८ ख १०१७ नम्बरको यात्रुबहाक बस ठोक्किएर घाईते भएका ३९ जनाको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । गम्भीर घाईते ३ जनालाई थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए ।
Advertisement